सागर शर्मा | असार ११, प्युठान | जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | असार ११, प्युठान | जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेक"/>

2026-09-19 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एमालेमा प्रवेश

सागर शर्मा | असार ११, प्युठान | जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेकपा एमाले माण्डवी गाउँपालिकामा भएको  विशाल चुनावी आमसभामा केन्द्रिय सदस्य पौडेल प्रवेश गर्नुभएको हो । माण्डवी गाउँपालिका  २ मर्कावाङ रातापानी निवासी पौडेललाई नेकपा एमाले केन्द्रिय सदस्य, प्रचार विभाग उपप्रमुख एवं पर्यटन पवद्र्धन प्रमुख सूर्य थापाले स्वागत गरेर आफ्नो पार्टीमा प्रवेश गराउनुभएको हो । 

झण्डै २० वर्ष माओवादी केन्द्रमा रहेर राजनीति जीवनमा क्रियाशिल रहनुभएका पौडेलले एमालेको नीति, विचार र राष्ट्रियताप्रतिको अडानलाई मन पराएर एमाले परिवारमा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो । ‘लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न एमालेको भूमिका पनि उल्लेखनीय छ’,विगतको स्मरण गर्दै उहाले भन्नुभयो,‘एमालेको साथ नभएको भए गणतन्त्र स्थापना हुने नै थिएन ।’

पछिल्लो समय माओवादी केन्द्र ‘वन्द गोपी’ जस्तै भएको समेत उहाँले संघा दिनुभयो । ‘माओवादी केन्द्र बन्दगोपीपात जस्तै भयो’, पौडेलले भन्नुभयो ,‘एउटा पात निकाल्यो अर्को पात आउँछ । अर्को निकाल्यो अर्को आउँछ । अन्तिममा केही पनि हुँदैन ।’ सही नीति र नेतृत्व नहुँदा माओवादी भंग हुने संघारमा पुगेको समेत उहाँले प्रष्ट पार्नुभयो । देशव्यापी रुपमा एमालेप्रति बढ्दै गएको जनलहरलाई व्यवस्थित गरी अघि बढ्न उनले पार्टीलाई सुझाव समेत दिनुभयो । ‘देशभरी नै एमालेमा जनताको आकर्षण बढ्दै गएको छ’, उहाँले भन्नु भयो ,‘धेरै भएर मात्तिने र थोरै भयौँ भनेर आत्तिने गर्नुहुँदैन ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी एमाले नेता सूर्य थापाले माओवादी नेता पौडेलले सही समयमा सही निर्णय गरेको उल्लेख गर्नुभयो । साथै केन्द्रिय नेता समेत एमालेमा प्रवेश गर्दा माओवादीलाई ठूलो धक्का समेत पुगेको वताउनुभयो । ‘प्यूठानका कमजोर भनिएका ठाउँमा पनि एमालेको संगठन मजवुत भइसकेको छ’, उहाँले भन्नुभयो हाम्रो परिवारमा आइसकेपछि कोहीपनि विचलनको स्थिती हुनेछैन् ।’ मुलुकको पछिल्लो राजनीतिक्रम, एमालेको नीति तथा कार्यक्रम लगाएत विषयमा उनले सम्वोधनका क्रममा स्पष्ट पार्नुभयो  ।

यसपालीको निर्वाचनमा जिल्लाका सवै स्थानीय तहमा एमालेले विजयी हासिल गर्ने एमाले प्यूठानका उपसचिव मधुर शर्माले दावी गर्नुभयो । ‘माण्डवी कुनैबेला माओवादी र राजमोको उद्गम थलो थियो’,उहाँले भन्नुभयो,‘अहिले जनआधार खस्किदै गएको छ । एमालेले जित्ने निश्चित भइसक्यो ।’ माओवादी र राजमोको केन्द्रिय नेता जन्माउने थलो भएपनि माण्डवीमा एमालेप्रति नागरीकको आकर्षण बढ्दै गएको उहाँले वताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी छाडेर डेढ सय बढी नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेको उहाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई