२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले?

११ कार्तिक २०८१, आईतवार १२:४४

काठमाडौँ | बलिउड अभिनेत्री अलिया भट्टले आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत ‘बोटोक्स गलत भएको’ भनी चलिरहेको अफवाहलाई ‘बकवास र थकाउ’ भन्दै अस्वीकार गरेकी छिन्। उनको अनुहार र मुस्कानको आलोचना गर्दै एक भिडियोमा यी दाबीहरू गरिएको थियो, जसलाई उनले “हानिकारक” भन्दै खण्डन गरेकी हुन् ।
केही समय अघि आमा बनेकी अभिनेत्री आलियाको मुहारमा केही चाउरीपना देखिएको थियो । जसका कारण उनको सो चाउरीपना हटाउनको लागि कस्मेटिक सर्जरी अन्तर्गत मुहारमा बोटोक्सको प्रयोग गरिएको थियो । सो बोटोक्सका कारण आलियाको मुख केही बाँगो भएको अन्य सर्जनहरुले टिप्पणी गरेका छन्।


अनुहार सम्बन्धी सौन्दर्य विशेषज्ञ डा. साई गणपति, जसले एउटा भिडियो मार्फत अलियाको अनुहारको हावभावमा समस्या रहेको उल्लेख गरेका थिए, अहिले उक्त भिडियो हटाएका छन्। डा. गणपतिले आफ्नो विचारलाई ‘व्यक्तिगत मूल्याङ्कन’ भन्दै, “म चिकित्सकीय दृष्टिले मात्र कुरा गर्न चाहन्छु, कुनै पनि व्यक्तिलाई लक्षित गर्ने उद्देश्य छैन,” भनी आफ्नो भनाइलाई स्पष्ट गरेका छन्।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा डा. गणपतिले यस प्रक्रियामा स-साना जटिलताहरू हुनसक्ने बताएका थिए। “यस किसिमका समस्याहरू सौन्दर्य प्रक्रियामा सामान्य हुन् र यसलाई सरल रूपमा सुधार्न सकिन्छ,” उनले भनेका थिए। । उनले उक्त समस्या बोटोक्स नजिकको रिसोरियस मांसपेशीतर्फ सर्नुका कारण हुनसक्ने बताएका थिए, जसले अनुहारको हलचलमा अस्थायी परिवर्तन ल्याउन सक्ने बताएका थिए।

तर, आलियाले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आफूमाथिको यस्ता टिप्पणी गलत भएको बताउँदै महिलाको शरीरबारे टिप्पणी नगर्न अनुरोध गरेकी छिन्। उनले लेखेकी छिन्, “कसैलाई कस्मेटिक करेक्सन वा शल्यक्रिया गर्न मन लागेमा म कुनै जजमेन्ट गर्दिन तर मेरो ‘क्रुक्ड स्माइल’ र बोल्ने ‘अजीब तरिका’ का कारणले मेरो बोटोक्स गलत भएको भन्ने दाबी हास्यास्पद छ।” उनले यस्ता अवैज्ञानिक दाबीहरूले युवामनमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिन्।

महिलालाई सामाजिक सञ्जालमा प्रायः अनुहार, शरीर र व्यक्तिगत जीवनका कारणले आलोचना गर्ने गरिएकोमा उनले ध्यानाकर्षण गराएकी छिन्। “महिलाको अनुहार, शरीर, व्यक्तिगत जीवन र यहाँसम्म कि गर्भवती अवस्थामा पनि आलोचना गरिन्छ,” उनले लेखिन्। यसले मानिसलाई कहिल्यै पनि पर्याप्त नभएको महसुस गराउँछ,” आलियाले थपिन्।

आलियाले दुःख व्यक्त गर्दै लेखिन्, “सबैभन्दा दुःखद त के छ भने धेरैजसो टिप्पणी महिलाहरूबाटै आएका छन्।” सामाजिक मञ्चले नक्कली कथाहरूलाई थप ‘मनोरञ्जन’को रुपमा लिएको भन्दै आलियाले आक्रोश व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ