२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीमा भएको सबै पैसाभन्दा रुसले गुगललाई लगाएको जरिवाना २ करोड गुणा बढी !

२०८१, १५ कार्तिक बिहीबार १५:०५

काठमाडौँ | रुसले गुगललाई पृथ्वीमा भएको कूल पैसाभन्दा दुई करोड ३८ लाख नौ हजार ५२३ गुणा बढी जरिवाना तिर्न निर्देशन दिएको छ । विभिन्न मितिमा रुसी च्यानललाई युट्युबमा ब्लक गरेको भन्दै रुसले गुगललाई जरिवाना तिराउने निर्णय गरेको हो ।

द मस्को टाइम्सका अनुसार रुसी अदालतले गुगललाई २.५ डेसिलियन डलर जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको २.५ पछाडि ३३ ओटा शून्य हुनु हो ।

द मस्को टाइम्सले सार्वजनिक गरेको रिपोर्टमा गुगलले यो जरिवाना कहिल्यै नतिर्ने टिप्पणी गरिएको छ । गुगलको मातृ कम्पनी अल्फाबेटले गत वर्ष ३०७ अर्ब डलर आम्दानी गरेको थियो । तर, कर्पोरेट दुनियाँमा यसलाई हिसाब गर्ने हो भने तुलनात्मक रूपमा ३०७ अर्ब डलर त्यति धेरै होइन । झन् रुसले तिराएको जरिवानाका अगाडि यो आम्दानी रकम केही पनि होइन ।

रुसको अदालतले गुगललाई किन यति धेरै जरिवाना तिराउन खोजेको होला ? यसको कारण हो, रुसले सञ्चालन गरेको मिडिया ।

रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि त्यसको जवाफमा गुगलले थुप्रै रुसी च्यानल युट्युबमा ब्लक गरेको थियो । यसमा च्यानल वन, मस्को मिडिया, पब्लिक टेलिभिजन अफ रसिया आदि समावेश थिए । द्वन्द्वको समयमा भ्रामक जानकारी फैलिने जोखिम कम गर्न गुगलले रुसले नियन्त्रण गरेका सञ्चारमाध्यमको च्यानल ब्लक गरेको थियो ।

रुसी अदालतले गुगललाई ब्लक गरिएका अकाउन्ट फिर्ता गर्न र हरेक दिनको एक लाख रुबेल्स (करिब १०२९ डलर) फाइन तिर्न लगाएको छ । रुसी सञ्चारमाध्यम आरबीसीका अनुसार अदालतले हरेक साता उक्त जरिवाना रकम दोब्बर बनाउँदै लगेको थियो ।

दिन दुई गुणा रात चौगुणाका दरले उक्त जरिवाना रकम बढ्दै गएको थियो । २०२३ मा पृथ्वीको कूल गार्हस्थ उत्पादन (जीडीपी) १०५० खर्ब डलर भएको बताइन्छ । यसको तुलनामा गुगलले तिर्नुपर्ने रकम दुई करोड गुणाले बढी हो ।

गुगलले भने जरिवाना तिर्ने कुनै सङ्केत देखाएको छैन । उता जरिवाना रकम भने बढेको बढ्यै छ ।

वास्तवमा गुगल प्रायः पूरै रुसबाट बाहिरिइसकेको छ । गुगलको रुसी सहायक कम्पनीलाई रुसले करिब एक वर्षअघि कङ्गाल भएको घोषणा गरेको थियो ।

रुसी मिडिया कम्पनीहरूले सुरुमा गुगलविरुद्ध मुद्दा हालेका थिए । अहिले ती कम्पनी गुगललाई जरिवाना तिराउने प्रयासमा लागेका छन् । आरबीसीका अनुसार यी रुसी कम्पनीहरूले स्पेन, दक्षिण अफ्रिका, टर्की र हङ्गेरी जस्ता देशहरूमा गुगल विरुद्ध मुद्दा दायर गरेका छन्, ताकि रुसी जरिवाना कार्यान्वयन गराउन सकियोस् ।

यस वर्षको सुरुमा दक्षिण अफ्रिकाले गुगलका सम्पत्ति जफत गर्न अनुमति पनि दिएको थियो । जवाफमा गुगलले यी रुसी मुद्दाहरूलाई केवल रुसमा सीमित राख्न अमेरिका र बेलायतमा आफ्नै मुद्दाहरू सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य