असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल ब"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा कांग्रेस नेता बेपत्ता

१३ असार २०७४, मंगलवार ०५:२७

असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल बहादुर सुनुवार बेपत्ता भएका हुन् । 

कांग्रेस नेता तथा पुर्व गाविस अध्यक्ष रेवत सुनुवारसँग हिँडेका उनलाइ स्थानीय चुलेपु जंगलको अफ्ट्यारो थुम्किमा माथिबाट आएको बाढीले बगाएर बेपत्ता बनाएको कांग्रेसबाट सदस्यका उमेदवार होमबहादुर सुनुवारले बताउनुभयो । मध्यरातको घटना भएकोले राति नै खोजी गर्न नसकिएको र अहिले घटना स्थलतर्फ जाने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सँगै रहेका रेवत सुनुवारले आफू अघि अघि हिडेको र पछि रहेका कमल सुनुवारलाइ बाढीले बगाएको भन्दै राती ११ बजे गाउँलेलाई खबर गरेका थिए ।

मत माग्दै हिडेका उनिहरु एक विवाह समारोहमा समेत पुगेर फर्किएका थिए । स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका उनिहरु साँझ परेको मुसलधारे पानी र चट्याङका बिच पनि जंगलको बाटो भएर  उक्त बाटो भएर फोती जाँदै गर्दा यस्तो घटना भएको हो ।

चुनावको मुखमा घटेको घटनाले खिजीकातीवासी चिन्तित बनेका छन् । निर्वाचनमा खटिएका प्रहरीलाई समेत घटना स्थलमा पुगेर बेपत्ताको खोजी गर्न स्थानीयले आग्रह गरेका छन् । थप विवरण आउन बाकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी