९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने

२० कार्तिक २०८१, मंगलवार १३:५६

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुनेछ। धावनमार्गको क्षमता बढाउन रनवेसँग समानान्तर ट्याक्सी वे निर्माणका लागि यो निर्णय गरिएको हो।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले स्पष्ट पारेको छ। गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।

महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताएअनुसार समानान्तर ट्याक्सी वे निर्माणसँगै विमानस्थलको कार्यक्षमता २५ प्रतिशतले बढ्नेछ। यससँगै एप्रोनमा जहाज लैजानका लागि रनवेको प्रयोग कम हुने हुँदा धावनमार्गको अकुपेन्सी समय घट्नेछ।

काम गर्दा प्रत्येक राति खनिएको भागलाई बिहानको उडान अघि पूर्वावस्थामा फर्काउनु पर्ने भएकाले यस कार्यका लागि न्यूनतम १० घण्टा आवश्यक हुने प्राधिकरणले स्पष्ट पारेको छ। यो निर्णयलाई कुनै रणनीतिको रूपमा नलिई विमानस्थलको व्यावसायिक कार्यक्षमता बढाउन मात्र गरिएको बताइएको छ।

प्राधिकरणका अनुसार यो स्तरोन्नतिले आन्तरिक र बाह्य दुवै उडानमा प्रभाव पार्नेछ। विशेष गरी, आन्तरिक उडानहरूमा ३० प्रतिशत कटौती गरिनेछ। बाहिरी उडानको लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक बनाइने र त्यहाँबाट ३ वटा अन्तर्राष्ट्रिय उडान चाँडै सुरु गरिने योजना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता