नारायण ढुङ्गाना/असार १३, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नारायण ढुङ्गाना/असार १३, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । 

"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यअसार लाग्यो खेत बाँझै, आकाश हेर्दै किसान

१३ असार २०७४, मंगलवार ०९:५७


नारायण ढुङ्गाना/असार १३, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । 

यसपालि पर्याप्त पानी नपर्दा उहाँले रोपाइँ गर्न सक्नुभएको छैन । वर्षा नभएकाले नै उहाँले धान रोप्न नसक्नु भएको हो । सिँचाइबाट पानी लगाए रोपाइँ त हुन्थ्यो होला तर खेत नगल्दै रोपेको रोपो दुई तीन दिनमै मर्न थाल्छ भनेर उहाँले वर्षा कुर्नुभएको छ । 

“अहिले रोपेर के गर्नु खेत गलेकै छैन, दुई तीन दिनमा सुख्खा हुने भएकाले रोप्नुको अर्थहुन्न”, अधिकारीले भन्नुभयो – “आकाश हेरेर बसेको छु, खेत गले पछिमात्र रोपाइँ गर्छु ।” तैपनि जेनतेन अन्य क्षेत्रमा भन्दा माडी र पूर्वी चितवनको भण्डारा क्षेत्रमा केही प्रतिशत रोपाइँ भएको छ । अन्नको राजा मानिने धान समयमै नरोपे उत्पादन राम्रो हुँदैन । 

यति महत्वपूर्ण मानिएको धान लगाउने किसानका खेत अहिले बाँझै छन् । यसपालि खोलाको छेउछाउ, सिँचाइकुलो भएको ठाउँ र बोरिङले पानी निकालेको क्षेत्रमा केही रोपाइँ भएको छ । आकाशे पानीको भर नपर्ने भण्डाराको गैरीखेतमा भने रोपाइँ भएको भण्डाराका किसान राजु सेंढाई बताउनुहुन्छ । अन्य क्षेत्रमा पनि रोपाइँ हुन सकेको छैन । 

मध्यअसार लाग्दासम्म चितवनका अधिकांश खेत बाँझै छन् । अहिलेसम्म छ सात प्रतिशतमात्रै रोपाइँ भएको जिल्ला कृषि कार्यालयको तथ्याङ्क छ । पश्चिम चितवनमा बीउ राख्ने क्रम छ । पूर्वी चितवनका धेरै ठाउँमा धानको बीउ रोप्ने बेलाका भइसके । उक्त कार्यालयका योजना शाखा प्रमुख तथा सूचना अधिकारी कमला न्यौपाने यसपालि समयमै पानी नपरेकाले किसान आकाश पर्खेर बसेको बताउनुहुन्छ । दुईदिनअघि चितवनका विभिन्न क्षेत्रमा उहाँ घुम्नुभयो । अधिकांश किसानका खेत बाँझै देखेको न्यौपाने बताउनुहुन्छ । 

पूर्वी चितवनको भण्डाराको राजमार्ग क्षेत्रमा अघिल्लो वर्षको यो समयमा धानका बीउ काढ्ने, खेत रोप्ने, जोत्ने क्रम देखिन्थ्यो । विगतमा खेतखेतमा ट्र्याक्टर कुँदेका हुन्थे । रोपार लामबद्ध भएर रोप्दै गरेका दृष्यले मोहित बनाउँथ्यो । बाउसेले आली सुम्सुम्याइरहेका हुन्थे । अहिले चितवनमा यो दृष्य अहिले यो क्रम फाट्टफुट्टमात्रै छ । 

दिनदिनैजस्तो फाट्टफुट्ट पानी नपरेको पनि होइन तर मूल फुट्ने र खेत गल्ने गरी पानी नै नआएको पश्चिम चितवनको जगतपुरका किसान टीकाराम पौडेल बताउनुहुन्छ । पानी नआएकाले बालीनाली लगाउन किसानलाई समस्या परेको उहाँको भनाइ छ । अहिले हुर्केका बीउ तत्कालै रोपिसक्नुपर्ने हुन्छ । जिल्लामा २२, २४ दिनभन्दा बढीका बीउ राम्रो हुँदैन भनेर किसानलाई जानकारी दिएको सो कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउनुहन्छ । 

छरेका धानको बीउ रोप्ने समय नाघ्न थालेको छ तर आठ–दश दिनसम्म गल्ने अवस्थाको पानी नपरे अहिलेका बीचको उत्पादन राम्रो नआउने उहाँ उल्लेख गर्नुहुन्छ । चितवनमा पछिल्लो समय जग्गा प्लटिङका कारण धानखेती करिब चार, पाँच वर्षको अन्तरालमा ५०० हेक्टर मासिएको छ । धानखेती हुने अन्य केही जमिन माछापालनमा समेत भएको छ । 

यस्तो छ चितवनको रोपाइँको अवस्था 

अहिले मौसम पूर्णरुपमा सक्रिय भएको छैन । चितवनको पूर्वी क्षेत्र राप्ती, खैरहनी, कठार, पिप्ले, भण्डारामा अलिअलि रोपाइँ चलेको छ । दक्षिण माडीमा पनि रोपाइँ हुन थालेका छन् । 

भएका रोपाइँहरु सिँचाइ पर्याप्त भएको ठाउँमा छन् । अहिले वर्षा नहुँदा बीउसमेत छिप्पिने अवस्था हुन लागेको कृषि कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउनुहुन्छ । गतवर्ष यो बेला वर्षा राम्रो थियो । गएको वर्ष आजको दिनसम्ममा २२ प्रतिशत रोपाइँ भएको उहाँको भनाइ छ तर आज पूर्वी चितवनमा १२, १५ प्रतिशत रोपाइँ भए पनि जिल्लाको समग्र स्थिति हेर्दा जम्मा सात प्रतिशत रोपाइँ भएको छ । 

जिल्लामा कुल २९ हजार २०० हेक्टरमा बर्खे धान लगाइन्छ । सो कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा वार्षिक एक लाख तीन हजार ५०० मेट्रिक टन बर्खे धान उत्पादन हुन्छ । 

चैतेधान चार हजार ५७५ हेक्टरमा लाग्ने र यसबाट करिब २० हजार मेट्रिक टन धान उतपादन हुँदै आएको छ । जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धाउ उत्पादन गरिँदैछ । जिल्लामा किसानलाई धानखेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको कृषि कार्यालयले जनाएको छ । 

यसपालि धानको महत्व दर्शाउँदै खेतीमा आकर्षित गर्न यही असार १५मा चितवनको रत्ननगरमा धान दिवस बनाइने कार्यक्रमसमेत रहेको छ । यस्तै पश्चिम चितवनको देवनगरमा पनि धानदिवस हुने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य