२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद

२२ कार्तिक २०८१, बिहीबार १३:३८

काठमाडौँ | तीन जनाको नक्कली कागजपत्र बनाएर जापान लगेको कुरा बाहिरिएसँगै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

कार्तिक १३ जापान उड्ने विषय उनकै मन्त्रालयलाई समेत जानकारीमा आएको थिएन । जापानको एक कार्यक्रमको निमन्त्रण पत्र मन्त्रालयका कर्मचारी देखाउँदै जापान जान सकिने बताएका मन्त्री अधिकारी अन्ततः आफ्नै मन्त्री पदबाट बाहिरिनु परेको हो ।

आन्तरिक मामिला मन्त्रालयका कानुन उपसचिव विश्वदीप बेस्राका अनुसार सुरुमा मन्त्री अधिकारीलाई तिहारको अन्तिम समयमा विदेश भ्रमणमा नजान अनुरोध गरिएको थियो ।

बेस्राले भने, ‘मन्त्री अधिकारी काठमाडौंबाट फर्कनेमा विश्वस्त हुनुहुन्थ्यो । तर अन्तिम समयमा के भयो, काठमाडौंबाट एकाएक जापान पुग्नुभएको थियो । उहाँले जसले निमन्त्रणा गरेको थियो त्यसबारे मन्त्रालयलाई औपचारिक जानकारी भने थिएन । उहाँले बिदा सुरु भएको अवस्था सोचेर त्यसबारे गम्भीर हुनु भएन कि?’

कानुन उपसचिव बेस्राका अनुसार अधिकारीसँगै कार्तिक १३ गते जापान पुगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका जनक राईले बोकेको मन्त्रालयको परिचयपत्रसमेत नक्कली रहेको छ ।

अधिकारीसँगै जापान पुगेका तीनजनालाई जापानको अध्यागमनले डिपोट गरेको थियो । यसक्रममा उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको बताइएको छ । तर, सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक हवीन्द्र बोगटीले उक्त मुद्दा सिआइबीले नहेरेको र आफूलाई जानकारी नभएको बताए ।

डिपोट भएर फर्किएकाहरुको बयानसँगै नुवाकोटका जुगल रिजाल, दोलखाका बीरबहादुर र धादिङका महेश पाण्डेलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुको कागजात पत्र रिजाल, वीरबहादुर र पाण्डेले बनाइदिएको खुलेको छ ।

तिहारको पूर्वसन्ध्यामा अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फोनमार्फत जानकारी गराएको बताइएको छ । तर, मुख्यमन्त्री कार्कीले प्रक्रिया नपुर्याई नजान सुझाव दिएका थिए ।

घटना सार्वजनिक भइसकेपछि मन्त्री अधिकारीले बुधबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका थिए । त्यसैगरी, उनले मन्त्रालयमा पत्रकार सम्मेलन राखेर आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान