९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने

२३ कार्तिक २०८१, शुक्रबार १२:०९

काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाऔँ अभियानअन्तर्गत मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

पठाओ, इन्ड्राइभ जस्ता राईड शेयरिङ प्लेटफर्मलाई टक्कर दिन दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउन लागेका हुन् ।

प्रसाईको राइड शेयरिङ प्लेटफर्म दुर्गाले राइडरबाट कुनै पनि प्रकारको कमिसन लिने छैन् भने दर्ता शुल्क पनि लाग्ने छैन् । यो गैर नाफामुलक रूपमा सञ्चालन हुने जनाइएको छ ।

यसले १० हजार ट्याक्सी व्यवसायी र २ लाख बाईक राइडरहरूलाई फाइदा पुर्‍याउने प्रसाईको विश्वास रहेको छ ।

हाल बजारमा लोकप्रिय पठाओ र इन्ड्राइभजस्ता राइड–शेयरिङ्ग प्लेटफर्मले दैनिक तीनदेखि चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेका कारण त्यसलाई रोक्न आफूले ‘दुर्गा’ राइड–शेयरिङ्ग प्लेटफर्म ल्याउन लागेको प्रसाईंले बताएका छन्। यो प्लेटफर्म तीनदेखि चार महिनाभित्र नेपाली बजारमा उपलब्ध गराइनेछ।

प्रसाईंले यस अवधारणाबाट नेपाली पैसा बाहिर जानबाट रोक्न सकिने र देशमा आर्थिक सशक्तीकरण हुने विश्वास व्यक्त गरेका छन्। यो प्लेटफर्मको औपचारिक घोषणा मङ्सिर ७ मा काठमाडौंमा आयोजना हुने विशेष सभामा गरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता