२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार

२०८१, २८ कार्तिक बुधबार १२:३१

काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन् ।

सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागतमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा आपसी सम्बन्धका विषयमा कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

भेटका क्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मित्रताको चिनो स्वरुप ढाका टोपी र देशे मरु झ्याः को प्रतिकृति उपहार स्वरुप प्रदान गरे ।

यस्तै मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरुप प्रदान गरे । भ्रमण टोलीका सदस्यहरुलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ढाका टोपी, पस्मिनाको सल र वुद्ध प्रतिमा उपहार स्वरुप प्रदान गरिन । मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषदका अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी छन् ।

स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरुकातर्फबाट संकलन गरिएको दुई लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई हस्तान्तरण गरेका थिए । गएको असोज महिनामा काठमाडौँमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खवर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम संकलन भएको रकम भ्रमणका अवसरमा हस्तान्तरण गरिएको हो । स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरु सहभागी थिए ।

प्रतिनिधि मण्डल मंगलबार काठमाडौँ आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

मंगलबार नै टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेको छ । बुधबार बसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघसंस्थाहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि भक्तपुरको अवलोकन गरेर टोली साँझ स्वदेश फर्कनेछ ।

काठमाडौं र मात्सुमोतो नगरकाबीचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्बन्ध स्थापना भएको १० औं बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँबजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो ।

एक करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै बर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले यसलाई आंशिक क्षति पु¥याएको थियो ।

२०७२ सालको भूकम्पले पु¥याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग गरेको थियो । त्यस रकममा जापानी जनताकोतर्फबाट संकलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो ।

मल्टिपर्पोस मार्सल आर्ट सेन्टरमा जुडो एण्ड केन्दो प्रशिक्षण हुने गरेको छ । २०७६ सालमा मात्सुमोतो नगरका तत्काली प्रमुख केन्दो खेलमा प्रयोग हुने सिनाइ (बेतको बिशेष खालको लौरो) ६० थान र जुडो गि १० थान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ