2026-07-01 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरमा माओवादी केन्द्रको प्यानलै विजयी

2017-06-29

असार १५, भोजपुर । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । 

रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । 

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो । 

नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । 

तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ । थोरै मत खसेकोले तीन दिन भित्रमा मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी गराउनुभएको छ । 

यसैबीच, भोजपुरको पौवादुम्मा गाउँपालिका–६ मा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा ६ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएपछि बुधबार बेलुका १२ बजेदेखि सुरु भएको मतगणना अवरुद्ध भएको हो । 

यसैगरी, भोजपुर नगरपालिकाको मतगणना पनि भर्खरै सुरुभएको छ । 

भोजपुरमा बुधबार भएको मतदान ६१ प्रतिशत भनी प्रचारप्रसार भएता पनि यथार्थमा ६६.३१ प्रतिशत मत खसेको जिल्लाका मुख्य निर्वाचन अधिकारी प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध