2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप

काठमाडौं । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेतिथिविरुद्ध स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । डेढ महिनादेखि भइरहेको आन्दोलन आइतबार पनि जारी छ ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्नुपर्ने, केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल नै प्रत्यारोपण केन्द्रभित्र भइरहेका वेतिथिहरुको संरक्षणमा लागिपरेको उनीहरुको आरोप छ । प्रदर्शनमा उनीहरूले स्वास्थ्यमन्त्री पौडेलको चर्को विरोध गरेका छन् । मन्त्रीलाई भेटेर पटकपटक ज्ञापन पत्र बुझाए पनि मन्त्रीले नै भ्रष्टहरूलाई संरक्षण गरिरहेको बताए ।
केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई पटकपटक जानकारी गराए पनि विवादमा मुछिएका अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई संरक्षण गरिएकोमा स्थानीय अगुवा राजेन्द्र पुरीले आपत्ति प्रकट गरे ।

अस्पतालको सेवा सुविधा रोक्ने, आफूखुसी डाक्टरहरू बर्खास्त गर्ने साथै अवैधानिकरूपमा मानव अंग प्रत्यारोपण गर्नेलाई मन्त्रीले संरक्षण गरेकोमा आफूहरू अचम्मित परेको उनले बताए । डा.श्रेष्ठलाई वर्खास्त नगरेसम्म आन्दोलन जारी राख्ने पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई