५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल?

५ मंसिर २०८१, बुधबार १२:०२

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्। अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा छन्।

मृतकका आफ्न्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेको थियो। केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी अस्पतालमा भर्ना भएका थिए।

‘सुब्बाको मिर्गौला बिग्रिएर असोज ६ गते अस्पतालमा प्रत्यारोपण गरिएको थियो। केही दिनपछि अस्पतालले निको भएको भन्दै डिस्चार्ज गरिदिएको थियो,’ राईले भने, ‘घर गएको केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आएर उहाँ पुनः अस्पतालमा भर्ना हुनुभयो। कार्तिक २१ गते अस्पतालले इन्सफेक्सन भएको भन्दै मिर्गौला निकालिदिएको थियो। मिर्गौला निकालेको भोलिपल्ट नै उहाँको मृत्यु भयो।’

राईले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई शव नबुझ्ने अडान लिएका छन्। ‘मृतकको उपचार गर्दा गर्दै उहाँको परिवार आर्थिकरूपमा निकै कमजोर भइसकेको छ। अब अस्पतालले किरिया खर्च पाँच लाख र उहाँका दुईवटा छोरामध्ये एक जनालाई पढाउने सहमत गर्ने हो भने हामी शव बुझ्न तयार छौँ,’ उनले भने।

के भन्छ मेडिसिटी?

अस्पतालका सूचना अधिकृत डा राजु रानाले सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको दाबी गरे।

‘अस्पतालमा इन्सफेक्सन भएको होइन। उहाँको प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेको थियो। स्वस्थ भइसकेपछि हामीहरूले अस्पतालबाट डिस्चार्ज गरेका थियौँ। मिर्गौला प्रत्यारोपणको करिब दुई महिनापछि इन्सफेक्सन भएर बिरामीको मृत्यु भएको हो,’ उनले भने।

डा रानाका अनुसार इन्सफेक्सन शरीरभर फैलिसकेपछि परिवारको सल्लाहमा नै मृतकको प्रत्यारोपण गरेको मिर्गौला झिकेर वायप्सीको लागि पठाइएको हो। इन्सफेक्सन शरीरभरि फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको दाबी उनले गरे।

यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ। कानुनी प्रक्रिया हुँदाहुँदै मृतकका आफ्न्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवतजावतमा समस्या निम्त्याएको डा. रानाको भनाइ छ।

‘बिरामीको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि इन्सफेक्सन भएको हो। मृतकका आफ्न्तले क्षतिपूर्ति माग गर्नु भएको छ। हामीले उहाँहरूलाई के आधारमा क्षतिपूर्ति दिने?,’ उनी भन्छन्, ‘कानूनी प्रक्रियामा जानुस् हामीले सहयोग गछौँ भन्दा पनि मान्नुहुँदैन।’

यो समाचार बुधबारको गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश