2026-06-19 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर अल-इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ । एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन् ।

ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपिजि अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।

जेइको जेसिक्स नेपालकै पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि हो जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयुभिहरूभन्दा छुट्टै स्तरमा रहेको छ ।

यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपि रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्रि क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ-रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।

ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवर्द्धन गर्न प्रतिबद्ध छ । जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो-रेन्जको इलेक्ट्रिक एसयुभिहरूको लाइनअपमा थपिएको नयाँ एसयुभि हो ।

नेपाली बजारमा गत फेब्रुअरि २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिना भित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ र ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ