२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ?

६ मंसिर २०८१, बिहीबार १७:३८

काठमाडौं । प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव बेचबिखन र लिखत किर्ते प्रकरणमा अनुसन्धानको अन्तिम चरणमा पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान टोलीले अधिकारीको बयान सकाएका छन्।

अनुसन्धानमा अधिकारीले आफू मानव बेचबिखनबारे अनभिज्ञ रहेको बताएका छन्। जापान यात्राका क्रममा सँगै गएका दावा शेर्पा, जनक राई र कञ्चन देवकोटालाई आफूले नचिनेको अधिकारीले दाबी गरेका छन्। बयानमा अधिकारीले हङकङ ट्रान्जिटमा ती व्यक्तिहरूले आफूलाई कोशी प्रदेशको भ्रमण टोलीका सदस्य भएको बताएका बेला मात्रै आफूलाई शंका लागेको जनाएका छन्।

अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘नारिता विमानस्थलमा आफूसँगै गएका ३ जनाले आफूलाई फारम भरिदिन आग्रह गरेको र बाहिर उनीहरूलाई लिन मानिस आएको थाहा पाएपछि जीवनभर मानव बेचबिखनमा संलग्न भएको भनेर ‘कलङ्कको टिका लाग्ने’ देखेपछि विमानस्थलबाटै फर्केको उहाँले बताउनुभएको छ ।’

नारिता एयरपोर्टबाट उनले घट्नाबारे कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङलाई सामाजिक सञ्जालमार्फत म्यासेज गरेको भेटिएको छ । बयानमा उनले भनेका छन्, ‘टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रम मार्फत जापानका पर्यटक नेपालमा ल्याउन सकिनेबारे बोल्ने सोचेको थिएँ तर, बिचौलियाको योजनाबारे जानकार थिइन ।’

अधिकारी हङकङमा ओर्लिएपछि बिचौलिया महेश पाण्डेले म्यासेज गरेको देखिएको छ । तर, सो म्यासेज उनले नहेरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, अधिकारीसँगै गएका व्यक्तिहरूले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ र खोटाङको ऐंशेलुखर्क गाउँपालिकाको वडा सदस्यको फर्जी परिचयपत्र प्रयोग गरेको पाइएको छ। विमानस्थलमा गिरोहका सदस्यहरूले यी फर्जी परिचयपत्र उपलब्ध गराएको खुलेको छ।

पूर्व मन्त्री अधिकारीसहित ९ जना आरोपितलाई प्रहरीले हिरासतमा राखेको छ। थुनामा रहेका अन्य व्यक्तिहरूमा दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, नवीन राई, गुड्डी राई, महेश पाण्डे, वीरबहादुर सुनार र जुगल रिजाल छन्।

बरामद गरिएका परिचयपत्र र कागजातलाई प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको छ। प्रहरीका अनुसार फर्जी कागजात तयार गर्ने गिरोहले विमानस्थलमै परिचयपत्र हस्तान्तरण गरेको देखिएको छ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा २ (ग) अनुसार यो कसुर प्रमाणित भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य