2026-06-17 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेतन्याहु, ग्यालेन्ट र डिफविरुद्ध आईसीसीको पक्राउ पुर्जी जारी

अम्मान |अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

आईसीसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन्।

“अदालतले बेन्जामिन नेतन्याहु र योआभ ग्यालेन्ट नाम गरेका दुई व्यक्तिविरुद्ध कम्तीमा ८ अक्टोबर २०२३ देखि २० मे २०२४ सम्म भएका मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरेको छ,”आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आईसीसीले हमासका सैन्य प्रमुख डिफविरूद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ।

इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा डिफको मृत्यु भएको बताएको थियो।

साक्षीहरूको सुरक्षा र अनुसन्धानको सञ्चालनको सुरक्षाका लागि पक्राउ पुर्जीलाई ‘गोप्य’ को रूपमा वर्गीकृत गरिएको अदालतले जनाएको छ।

न्यायाधिकरणले भनेको छ, “यद्यपि चेम्बरले पक्राउ पुर्जीमा सम्बोधन गरिएको जस्तै आचरण जारी रहेको देखिएकाले तलको जानकारी सार्वजनिक गर्ने निर्णय गरेको छ।”

“चेम्बरले पीडित र उनीहरूका परिवारको हितमा पीडितलाई पक्राउ पूजीसम्बन्धी व्यवस्थाको बारेमा अवगत गराउनु हो भन्ने ठान्छ।”

आईसीसीका मुख्य अभियोजक करिम खानले गत मे महिनामा गाजामा भएको युद्ध अपराध र मानवताविरुद्धको अपराधमा नेतन्याहू र ग्यालेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतलाई आग्रह गरेका थिए।

नेतन्याहूले गत नोभेम्बर ५ मा ग्यालेन्टलाई रक्षामन्त्री पदबाट बर्खास्त गरेका थिए।

खानले मोहम्मद डिफलगायत हमासका शीर्ष नेताविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्न पनि माग गरेका छन्।

जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनियाहको मृत्युका कारण बदलिएको परिस्थितिका कारण अभियोजकले हनियाहविरूद्धको पक्राउ पूर्जीको आवेदन अगस्ट २ मा फिर्ता लिएको आईसीसीले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ