असार १७, चितवन । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । 

सानी नानीसहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, चितवन । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । 

सानी नानीसहित"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडकको पहिरो, यात्रुको कन्तबिजोग

१७ असार २०७४, शनिबार ११:३४


असार १७, चितवन । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । 

सानी नानीसहितको दिदी र उहाँ सडक अवरुद्ध भएपछि अलपत्र पर्नुभयो । घरी सिटमा त घरी सडकमा गरेर उहाँहरुले समय विताइरहनुभएको छ । बच्चाको पिडा उस्तै थियो, “निद्रा नै भएन, बिरामी परिएला जस्तो भो”–ज्योतिले भन्नुभयो, “न फर्कौँ, न जाँउँ भने भनेजस्तो भा’छ ।” अरु यात्रुको पनि हरिविजोग भएको उहाँको भनाइ छ । 

पैसाले धान्न नसक्ने अवस्था भएको छ । अझ दुई, तीन घण्टामा बाटो नखुले पुनः पोखरा फर्कने उहाँले बताउनुभयो । कालिखोलाको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडक थुनिएको झन्डै तीस घण्टा हुन लाग्यो । जति जाम लम्बिदै छ, उति यात्रुहरु प्रभावित हुँदै छन् । पर्याप्त पैसा नभएकाको राती गाडी मै बास प¥यो । भोकभोकै सुत्ने अवस्था आयो । कोही भने चाउचाउ चिउराको भरमा बसे । 

सडक अवरुद्ध भएपछि महिला र बालबालिका बढी प्रभावित भएका छन् । चितवनकी पत्रकार इन्दिरा दाहाल पनि सोही पहिरोमा रोकिनुभयो । उहाँ एउटा संस्थाले दिएको अलैँचीको विरुवा चितवनको विकट काउलेमा वितरण गरेर फर्कदा जाममा पर्नुभएको हो । “शुक्रबार ८ बजे पहिरो खस्यो, अनि फसियो”– उहाँले भन्नुभयो – “राति यात्रुको अवस्था दर्दनाक थियो ।” 

दाहालकाअनुसार बढी महिला र बालबालिका प्रभावित थिए । पैसा हुनेहरु मुग्लिनका होटलमा बस्न आए । नहुनेहरु चाउचाउ चिउराको भरमा गाडीमै रात बिताए । कतिपय सडकमै अलपत्र देखिन्थ्ये । रातभर बालबालिकाहरु चिच्चयाइरहेका थिए । यात्रुका अनुहारमा पिडा छचल्किएको थियो । 

मुग्लिनका सबै होटल भरिएपछि कतिपय यात्रु त्यसै सडकमा फर्किए । जामका कारण कतिपय जहाँबाट आएका उतै फर्किए भने पैसा हुनेहरु नौबिसे हुँदै हेटौँडातर्फ लागे । पश्चिम जानेहरु पोखराहुँदै बुटबलतर्फ लागे । नहुनेहरु जतिबेला बाटो खुल्छ उतिबेलै जाने भन्दै कुरिरहेका छन् । अझ वीच बाटोमा अड्किएका यात्रु नजिक पसल नहुँदा किनेर खाने अवस्था पनि नभएको प्रत्यक्षदर्शी बताउँछन् । 

तीनवटा बिहेका लागि हिँडेका गाडीमध्ये एउटा बिहे स्थगितै गरेर फर्किए । एउटा बिहेको दुलाहा र केही जन्ती हिँडेर माथिबाट पहिरो काट्ने भन्दै गएको पत्रकार दाहालले बताउनुभयो । 

अर्काे बिहेका जन्ती भने बैकल्पिक बाटो खोज्दै फर्किए । अर्का पत्रकार राजु चौधरी पनि सोही जाममा अड्किनुभएको छ । काठमाडौँबाट चितवन आउँदा मुग्लिन नजिकै कालिखोलामा पहिरो गएकाले शुक्रबार देखिनै उहाँ पनि रोकिनुभएको हो । पहिरो भन्दामाथिबाट छिचोलेर जाने प्रयास पनि उहाँको असफल भयो । दैनिक १० हजार गाडी हिँड्ने उक्त सडकमा अहिले हजारौँ यात्रु अलपत्र छन् । 

“कतिपयले पहिरोमाथि डाँडाबाट बाटो काटे, कतिले पहिरो बाटै ज्यान जोखिममा राखेर बाटो काटे”–पत्रकार चौधरीले भन्नुभयो, “पहिरोमा एक जनाको ज्यान गएपछि अहिले प्रहरीले हिँड्न दिएको छैन ।” 

शुक्रबार बिहान सवा ८ बजे खसेको पहिरो एकपछि अर्काे थपिएकाले बाटो खुलाउन सकिएको छैन । सक्ने गाडी जति फर्किएका छन् भने बीचमा अड्किएका सवारीको अहिलेपनि ठूलो जाम छ । १०÷१२ किलोमिटरसम्म दुईतर्फ नै गाडीको जाम रहेको प्रहरीले जनाएको छ । 

चितवनबाट जाने गाडीलाई जामपछि भरतपुर आसपासमै रोकेको प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् । कालिखोलामा २०० मिटर माथिबाट खसेको पहिरो करिब ५० मिटर लम्बाइको छ । चितवनका ट्रफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्त राति जोखिम भएकाले बिहान पाँच बजेबाट पुनः पहिरो पन्छाउन थालिएको बताउनुहुन्छ । अझै सडक खुल्न केही घण्टा लाग्ने उहाँले बताउनुभयो । अहिलेको पहिरो यो वर्षकै ठूलो रहेको जनाइएको छ । नारायण ढुङ्गाना/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य