२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी

८ मंसिर २०८१, शनिबार १५:५०

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजनीतिक परिर्वतनपछि नयँ संविधानको घोषणापछि राजनीतिको कार्यभार सकिएसँगै अब पार्टीका कमिटीहरुले विकास, समृद्धिको लागि काम गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी जुम्लाले शनिबार जुम्लाको खलंगामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटि सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले बदलिएको राजनीति र कार्यभार अनुसार पार्टीका तल्ला कमिटीहरुले आ–आफ्नो क्षेत्रमा नवनिर्माणको पहलकर्ता बन्नुपर्ने बताएका छन् ।

राज्यका आयोजना र स्रोत साधनको परिचालन राज्य संयन्त्रले गर्ने भएपनि ती आयोजनामा स्रोतसाधन परिचाल आवश्यक छ कि छैन वा ठिक ढंगले परिचालित भएका छन वा छैनन भन्ने विषयमा राजनीतिक दलका स्थानीय कमिटीहरुले खवरदारी गर्नुपर्ने पनि मुख्यमन्त्री कडेलको धारणा थियो ।

मुख्यमन्त्री कडेंलले योजनाको लागि सरकारले बजेट बिनियोजन गरेपनि समयमा सम्पन्न हुन नसक्दा त्यसको गलत सन्देश प्रवाह भइरहेको चर्चा गर्दैमुख्यमन्त्री कडेलले आयोजनालाई गुणस्तर बनाउन तथा समयमै सम्पन्न गर्न स्थानीय स्तरका पार्टी कमिटी तथा नेता कार्यकर्ता भूमिका हुनेमा जोड दिए । आयोजना समयमै सम्पन्न हुन सके जनताले स्याबासी दिने हुँदा गाउँठाउँमा आएका आयोजनालाई गुणस्तरीयसहित समयमा सम्पन्न गर्न सक्रियतापूर्वक लाग्दा राजनीतिक रुपमा राम्रो सन्देश प्रवाह हुने मुख्यमन्त्री कडेंललको भनाई थियो ।

मुलुक संघीय संरचनामा गइसकेपछि जनताको अपेक्षा धेरै भएकोले अपेक्षा अनुसार धेरै काम हुन नसकेपनि तर केही पनि नभएको जस्तो व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्दे मुख्यमन्त्री कडेलले भने,‘ओहोदामा पुग्दा जनभावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसग हेक्का छ, यही सोचेर नै जिल्ला तथा स्थानीय स्तरमै पुगेर समस्या र गुनासाहरु सुनिरहेकोछु ।’

मुलुकको आर्थिक अवस्था त्यति सन्तोषजनक नरहेको चर्चा गर्दै मुख्यमन्त्री कडेलले राज्य स्वयंसँग सिमित साधन र रहेको र सिमित साधन श्रोतबाटै जनतालाई निराशा हुन नदिनेगरि उत्कृष्ट काम गर्नु परेको मुख्यमन्त्री कडेलको भनाई थियो ।

नीति, निर्माण, योजना र बजेट निर्माणमा जनप्रतिनिधिहरुको भुमिका भएपनि जनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्व हुने बताउदै मुख्यमन्त्री कडेलले हिमाली जिल्लाहरुमा कर्मचारी आउन नमान्ने भएकाले पनि निर्णय भएको बजेट पनि कार्यान्वयनमा समस्या देखिएको धारणा राखे ।

उनले कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज बनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिक दलहरुलाई आग्रह गरे । मुख्यमन्त्री कडेलले जिल्लाको विकासमा सबै राजनीतिक दलहरुबीच जति धेरै एकता हुन्छ त्यतिनै प्राप्ति हुने हुँदा विकास र समृद्धिमा एक भएर अघि बढन दलका नेताहरुलाई आग्रह गरे ।

प्रदेश राजधानी बसेर नै अरुले सुनाएको भरमा विकासका योजना बनाउनुभन्दा स्थानीय स्तरमा वास्तविक अवस्था बुझने उदेश्यले आफूले प्रदेशका सबै जिल्लामा पुग्ने उदेश्य राखेको र दशै वटै जिल्ला पुगेको पनि पनि मुख्यमन्त्री कडेलको भनाई थियो ।

जिल्लाको सार्वजनिक सेवा प्रवाह, विकास आयोजनाको अवस्था तथा, विकास निर्माणका प्राथमिकतावारे सरोकारवालासग छलफल र अन्तरक्रिया गरेसंगै आफूलाई जिल्लाको वस्तुगत अवस्थाबारे धेरै नै जानकारी भएको मुख्यमन्त्री कडेलको भनाई थियो ।

मुख्यमन्त्री कडेलले जिल्ला जादा आफुले नागरिकको सरकारप्रतिको धारणासगै बुझने र जान्ने वसर पाएको पनि बताए । व्यबस्था र दलहरुप्रति वितृष्णा फैलाउन एकथरी व्यक्तिहरु सक्रिय रहेको अहिलेको अवस्थामा परिवर्तनको पक्षमा संघर्ष गरेको दलहरुप्रति जनमत श्रृजना गर्नु पनि प्रदेश सरकारको काम हो भन्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली