Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस्

२०८१, ९ मंसिर आईतवार १३:१३

काठमाडौँ | साइबर क्राइममा पक्राउ गरेको विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले हिरासतबाट लेखेको भनिएको पत्र बाहिरिएको छ ।

सचिवालय सदस्य कल्पितले प्रसाईँको आधिकारिक फेसबुकबाट सो पत्र बाहिर ल्याएका हुन् । पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा रहेको भनिएको लगानीका बारेमा पनि प्रसाईँले खुलाएका छन् । उनले आफूले सार्वजनिक गरेको उक्त भिडिओ शतप्रतिशत सत्य रहेकोसमेत दाबी गरेका छन् ।

प्रसाईँले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसभित्रका राष्ट्रवादी नेताहरुलाई ओलीको कम्बोडियामा रहेको लगानीबारे छानविन गर्न गैरराजनीतिक समिति गठनका लागि आवाज उठाउनसमेत अपिल गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे गैर राजनैतिक छानबिन समिति निर्माण गरेर छानबिन गर्नुपर्ने लेखेका छन् ।

त्यो प्रमाण ल्याउन आफूले आफ्नो समय र धनको लगानी गरेको बताउँदै उनले उक्त प्रमाण १०० प्रतिशत सत्य भएको दाबीसमेत गरेका छन् ।

यस्तो छ उनको पत्रः

संसारभरि छरिनुभएका नेपालीमा म दुर्गा प्रसाईको नमस्कार
म यहाँ हिरासतमा आरामै छु। भगवान पशुपति नाथसंग तपाईहरुको पनि आरामताकाको कामना पनि गरेको छु । हिरासत नजादासम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरुप उपहार दिन कतिबेला भर्याङ्ग चढेर आउछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुदोरहेछ।

अन्ततः हिरासतमा आईसकेपछि क्षणिक कौतुहलता मेटिएर जादो रहेछ । अनि एकाग्र र अनगिन्ति प्रश्नले मन पिरोलिदो रहेछ। हिरासत भित्रको अध्याँरो कोठाभित्र मैले हिजो मात्रै विपिको आत्म वृतान्त पढेर सकेँ। मलाई विपिको आत्मवृतान्त खुब मन पर्यो र आत्म वृतान्त पढेर सक्दा एकोहोरो उहाँमा असिमित सम्मान जागेर आएको छ।
लाउलाउ खाउँखाउँको योवन अबस्थादेखि विपिले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गर्नुभएको रहेछ । भारतको स्वतन्त्रता आन्दोलनदेखि नेपालको राणाबिरोधि आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनमा समेत उहाँले अत्यन्त ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ।

जनतालाई हाम्रो मौलिख अधिकार के हो भन्नेसम्म ज्ञान नहुँदा विपीले जनतालाई अधिकार सम्पन्न बनाउन नेपालमा राणाबिरोधि आन्दोलन गर्नुभएको रहेछ। फलस्वरूप श्री ३ महाराज मोहन शमशेरले अध्याँरो कालकोठरिमा थुनिदिएका रहेछन् ।

अध्याँरो कालकोठरीमा नेलकडिमा बाधिएका विपीलाई दिन कतिबेला भयो। रात कतिबेला भयो। भन्ने थाहासमेत नभएको र खोपाको किरण देख्ना साथ भित्तामा धर्को तानेर कति दिन कति महिना बित्यो भन्ने गिन्ती गरेको र बिस्तारै धर्को तान्नसमेत भुल्दै जानु भएको भन्ने पढ्दा मेरो गह भरिएर आँशु आयो। जेलभित्र लगातारको झण्डै महिना दिनको भोक हडतालको खबर बाहिरिएपछि अन्तराष्ट्रिय जगतको दवाबमा विपी कोइराला छुट्नु भएको रहेछ। सात सालको आन्दोलन, ३६ सालको जनमत संग्रहको आन्दोलन हुँदै बीपीले आफ्नो जीबन नै नागरिकको मौलिक अधिकार र लोकतन्त्र प्राप्तिको लडाईमा समर्पित गर्नुभएको रहेछ। मलाई एकदिन बिहान भेट्न आउने एकजना पढेलेखेको तन्नेरी भाईले विपिको आत्मवृतान्त पढेको देखेर हाँस्दै भन्नुभयो दाई क्रुर शासकले जनताको मुक्तिका लागि लड्ने क्रान्तिकारीलाई जेलमा थुन्छन् अनि निस्किदा क्रान्तिकारीहरु विद्वान बनेर निस्किन्छन् भन्ने सुनेको थिएँ तपाइँ पनि त्यसमै पर्ने छाट देखे भन्नुभयो। त्यसपछि हामी दुवै जना एकछिन खित्का छोडेर हास्यौं। मैले उहाँको नामसमेत सार्वजनिक गरिदिने थिए, तर राज्यले उहाँलाई समेत निगरानीमा राख्न सक्ने हुँदा म भन्न असमर्थ छु।

बीपीको आत्म वृतान्त पढ्दा मैले एकपटक सदनको रोष्टममा उभिएर बोलेका स्वर्गीय कांग्रेसी नेता प्रदिप गिरिको त्यो अभिव्यक्तिलाई सम्झिए। उहाँले भन्नुभएको थियो, धेरै समय बिपी बाबुको संगत गर्दा बीपीको राजनैतिक चिन्तन र दुनियाँको भूराजनैतिक अबस्थितिको बारेमा उहाँको ज्ञान कति फराकिलो छ भन्ने कुरा मैले जहिले थाहा पाए बिपी बाबुप्रति मेरो सम्मान बढेर आयो यस्तै केहि भन्नु भएको थियो। त्यसैले महामानव बीपीका बारेमा मैले जति बोले पनि थोरै हुन्छ। त्यसैले अब म वर्तमानका मूल मुद्दामा तपाईको ध्यान केन्द्रित गर्न चाहान्छु।

भाग.१ (कम्बोडियाको टेलिकममा लगानी)
प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याए । यसको लागि मैले आफ्नो समय र धनको लगानी गरे। नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउदा म आज अत्यन्त हर्षित छु। मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ। उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायरालाई आफू केन्द्रित गर्छन्। उनीहरुका बिरुद्धमा सत्ताको कुर्सी हल्लाउन सक्ने जो कोहि देश भक्तलाई अनेकन आरोपमा हिरासत र अन्तत जेलभित्र सडाउने षडयन्त्र रचिन्छ। जसको परिणाम स्वरुप भ्रष्टको मुखुण्डो उतार्ने हिम्मत गरेकोमा निवासबाटै म पक्राउ परे। मलाई थाहा छ हिजो हिजो राणा कालमा राणाबिरुद्ध बोल्ने, पञ्चायतकालमा पञ्च सरकारबिरुद्ध बोल्ने र आज केपी ओलीका काला कर्तुतबिरुद्ध भण्डाफोर गरेर बोल्ने जो कोहीलाई बन्दुक धारी बर्दिवाला प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिन्छ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्थ नै थिए। सोहि बमोजिम म आफ्नै निवासबाट पक्राउ परे। क्रुर अलोकतान्त्रिक हिटलर प्रवृत्तिको शासक ओलीको नजरमा म मात्रै होइन, आज रवि लामिछाने पनि त ओलीको नजरमा आँखाको कसिङ्गर भएका छन्। नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका स्वकीय सचिब राजेश बज्राचार्य हुँदै काण्ड ओली निवास प्रवेश गर्न थालेपछि रामेश्वर थापाको घरमा आधा रातमा कसरी भ्रष्टहरुको सरकार बन्यो भन्ने तपाई हामी सबैले बुझेकै छौं। जसको प्रतिफल रवि लामिछानेले भोगिरहनु भएको छ। आज मैले भोगिरहेको छु र सुन्दै छु केहिसमयामा नै बालेनलाई पनि षड्यन्त्रको सिकार बनाइदै छ।

मलाई विश्वास छ– मैले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य हो। चार वर्ष अगाडि यही बिषय एक बिदेशी मिडियाले सार्वजनिक गरेको थियो। ग्लोवल वाच एनालाइसिसदेखि नेपालका शासकका बारेमा अध्यन गर्ने अन्तराष्ट्रिय थिङ्क ट्याङ्कले केपी ओली एसियाकै भ्रष्ट नेताको रुपमा प्रमाणित गरेका थिए। एकाएक केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी भनेर समाचार सार्वजनिक गर्ने मिडियालाई तत्कालीन समयमै वालुवाटार बोलाएर ओलीले अन्तरवार्ता दिएका छन्। गाइगुइ हल्ला सुनिएको थियो अन्तर्वार्तासंगै उक्त पत्रकारलाई समाचार लुकाउन झोला भरेर खजानासमेत दिइएको थियो।

आज कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकामात्रै होइन राज्यको चौथो अंग पत्रकारितासमेत ओलीको मुठ्ठीभित्र कैद छ। मुलधारका मिडियाका मालिकहरु पत्रकार माथि कन्टेन्टमा कैची लगाउन सिपालु छन्। किनकि मूलधारका मिडियाका मालिक नै सत्ता र शक्तिका वरिपरि रहेर अन्तराष्ट्रिय जासुस र एजेन्टका रुपमा देशद्रोही काम गरिरहेका छन्।

अन्य मिडिया माथि सरकारले प्रेस काउन्सिल र साइवर ब्यूरो लगाएर नियन्त्रणमा राखेको छ। जसकारण सरकारबिरोधि कुनै पनि काला कर्तुतका भण्डाफोर अब मिडियाले गर्न सक्दैनन्। त्यसका अलवा पनि देश बाहिर बस्ने देश भक्त बुद्दिजिबि टंक दाहाल जस्ता विद्वानहरुले सत्यको खोजीमा अनबरत मुखरित हुँदै आएका छन्। म ति देश भक्तलाई कोटी कोटी धन्यवाद दिन चाहन्छु।

आज नेपाल प्रहरी इतिहासमै सबैभन्दा बदनाम भएको छ। प्रहरीका उच्चपदस्थहरु फूली थप्ने प्रलोभनमा शासकको गुलाम भएका छन् । जसको ज्वलन्त उदाहरण अहिले का सीआईबी प्रमुख दिपक थापा र प्रवक्ता होबिन्द्र बोगटी भएका छन्। मैले हिरासतमै थाहा पाएको छु होविन्द्र बोगटीले सरकारको प्रवक्ता जसरी मिडियामा बयान दिँदै हिडेका छन् रे। जनताको हाड छाला घोटेर तिरेको करबाट तलबभत्ता खाने अनि देश र जनताको सेवा गर्ने कसम खाएका नेपाल प्रहरी आज भ्रष्टको मतियार ओलीको कठपूतली भएर अभिव्यक्ति दिनु आफैंमा राष्ट्रघात हो।

मैले प्रमाण सार्वजनिक गरेको प्रमाणका आधारमा एकै रातमा झुटो हो भनेर भन्ने ओलीको प्रवक्ता बनेका होविन्द्र बोगटी र भ्रष्ट ओलीलाई पक्राउ नगरी भ्रष्टको प्रमाण सार्वजनिक गर्नेबिरुद्ध नै जाइलाग्ने दिपक थापाबिरुद्ध राज्य द्रोहलगायतका मुद्दा लिएर सम्मानित अदालत जान बरिष्ठ अधिवक्ता र पूर्व न्यायाधिशसंगको छलफलमा मेरो तयारी भैसकेको छ। नेपाल प्रहरीभित्र सबै खराब छैनन्। राष्ट्र भक्त र कतब्य निष्ठ जनताका सेवकहरु पनि छन् जसलाई बास्तबमै आइजीपीको फूली लगाइनु पर्छ। तर विडम्बना मैले सुनिरहेको छु ओलीको सेवामा आहोरात्र खटिएर देश र जनताप्रति गद्दारी गरेका दिपक थापा र होबिन्द्र बोगटीको काधमा फूली थप्ने राष्ट्र घाती काम भ्रष्ट सरकारले गर्दै छ।

ममाथि अनाबस्यक झुटा मुद्दा थोपरेर थप प्रताडित बनाउने र आफ्नो देश लुट्ने धन्दामा कोहि बाधक बाँकी नराख्ने कुनियोजित खेलमा ओली छन्। मलाई विश्वास छ सम्मानित न्यायालयले कुनै दवाब र प्रभावमा नपरिकन न्यायको पक्षमा फैसला गर्ने छ। जुन गर्दै आइअरहेको छ।

मेरो बिपक्षी दलप्रति पनि अनुरोध छ, नेकपा माओवादी केन्द्र, राप्रपा,रास्वपा र कांग्रेसभित्रका राष्ट्रवादी साथीहरुले केपी ओलीको कम्बोडिया लगानीको छानविनको लागि गैरराजनैतिक छानविन समिति निर्माणमा आवाज उठाउने छन्। यो बिषय केवल दुर्गा प्रसाईको बिषयमात्रै नभएर देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दा भएकाले सबैले यसमा साथ दिनुहुनुहुन्छ भन्ने पूर्ण विस्वास लिएको छु।

(हिरासतको पत्र सचिवालय सदस्य कल्पित बाट साभार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश