2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रधानमन्त्रीको गृहजिल्लाका सबै तहको मतपरिणाम सार्वनजिक, कहाँ कसले जित्यो ?


ललित बोहरा/असार १८, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले चार, एमाले दुई र माओवादी केन्द्र एक तहमा विजयी भएका छन्।

 नेपाली कांग्रेसले एक नगर र तीन गाउँपालिकामा जितेको छ । यस्तै एमालेले एक नगर र दुई गाउँपालिकामा विजय भएको छ भने माओवादी केन्द्रले एक गाउँपालिकामा निर्वाचित भएको छ ।

 कुन नगर र गाउँमा कसले जित्यो ? 

 अमरगढी नगरपालिका

अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजय भएका छन्। नगरपालिकाको प्रमुखमा विश्वेश्वरप्रसाद ओझा (विपीन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् ।    

 एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझाले ३ हजार ७६८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरे ।

 माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३३९ मत प्राप्त गरिन्। भण्डारी भने ३ हजार ५१७ मत प्राप्त गरी उपाध्यक्ष निर्वा्चित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी पार्वती झुकालले ३ हजार २६९ मत प्राप्त गरिन् भने माओवादीका करुणाकर ओझाले ७१७ मत पाए । 

 अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो । अमरगढी नगरपालिकामा एमालेले ४, ५, ७, ९, १० र ११ वडामा जित हासिल गरेको छ । १, २, ३, ६ र ८ नम्बर वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

 परशुराम नगरपालिका

परशुराम नगरको प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका भीमबहादुर साउद र उपप्रमुखमा कांग्रेसक कलापतिदेवी बोहरा विजयी भएका हुन् ।

 साउदले ४ हजार ६२९ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह मालले ४ हजार ८८ मत प्राप्त गरे ।  उपप्रमुख निर्वाचित बोहराले ४ हजार २१३ ल्याइन् भने माओवादी केन्द्र विमला महताले ३ हजार ६३८ मत प्राप्त गरिन् । प्रमुखमा निर्वा्चित साउँद नेपाली कांग्रेसका माहाधिवेशन प्रततिनिधि एवम् निर्माण व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष हुन् । परशुराम नगरपालिकामा माओवादी केन्द्रले ६, कांग्रेसले ४ र एमालेले २ वडामा जितेको छ ।

 आलिताल गाउँपालिका

आलिताल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। कांग्रेसका बलबहादुर गुरुङ २२६१ मत ल्याई अध्यक्ष निर्वाचित भएका हुन् । प्रतिद्वन्दी माओवादी केन्द्रका जगत पार्कीले २०९८ मत ल्याए ।  

 कांग्रेसकी ज्वालादेवी बोगटी २२४२ मत ल्याएर उपाध्यक्ष निर्वा्चित भइन्, भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सुशीला खत्रीले १९९४ मत ल्याइन् ।  

 भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । गाउँपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार कौशिला भट्ट विजयी भएकी छिन् ।  

 भट्टले २००७ मत ल्याए भने उनका प्रतिद्वन्दी एमालेका विष्णु ठकुराठीले १८४४ मत ल्याए। कांग्रेसकै पदम बोहरा १८४४ मत ल्याई उपाध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेकी कमला मालीले १४९५ मत  पाइन्।  

 गन्यापधुरा गाउँपालिका

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार नवल मल्ल ३ हजार ३६९ मत ल्याएर अध्यक्ष निर्वाचित भए ।

 प्रतिद्वन्द्वी एमालेका वीरेन्द्र मल्लले १९४६ मत ल्याए । उपाध्यक्षमा कमला ठगुन्ना ३ हजार ४०७ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेका कृष्णा ओझाले १८७३ मत प्राप्त गरिन् ।

 अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छ। अध्यक्षमा उमेश भट्ट ‘विकास’ विजयी भएका छन् । उनले २६९० मत ल्याए ।

प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लोकराज भट्टले १७८० मत प्राप्त गरे । माओवादी केन्द्रकी कलावती भाण २१७१ ल्याएर उपाध्यक्षमा विजयी भइन्। प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार किशोर बिष्टले १८०३ मात ल्याए । कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट भट्ट र बिष्टले ’बागी’ उम्मेदवारी दिएका थिए ।

 नवदुर्गा गाउँपालिका

नवदुर्गा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएको छ। एमालेका कविन्द्र विष्ट २९६९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन्।

 प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी अवस्थीले दुई हजार ७४३ मत प्राप्त गरे।  कांग्रेसकी उम्मेदवार डम्बरी वली तीन हजार ४ मत ल्याएर उपाध्यक्ष  विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जयन्ती बुडाऐरले दुई हजार २७८ मत  प्राप्त गरिन् । 

 ५२ वडा रहेको डडेल्धुरामा कसले कतिमा विजय हाँसिल गरे ?

एमाले १९
कांग्रेस १७
माओवादी १६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई