अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका ४ पालिकामध्ये एमाले ३ र माओबादी १ वटामा विजयी

१८ असार २०७४, आईतवार ०९:४५


अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएकोछ ।

शनिवार सम्म सार्वजानिक भएको चार वटै गाउँपालिका मध्ये नेकपा एमालेले ३ वटा र नेकपा माओबादी केन्द्रले १ गाउँपालिकामा जित हात पारेको छ । गाउँपालिकाको अगुवाईमा नेपाली काँग्रेसले शुन्यमा चित्त बुझाउनुपरेको छ ।  उदयपुरमा रहेको ४ वटा नगरपालिकाको नतिजा भने आउन बाँकी रहेकोछ ।

एमालेले रौतामाई गाउँपालिका, उदयपुरगढी, ताप्ली गाउँपालिका गरि ३ वटामा जित हासिल गरेको छ । त्यस्तै माओबादी केन्द्रले एक मात्र सुनकोसी गाउँपालिका जितेको हो । रौतामा एमाले उमेदवार गजेन्द्रबहादुर खड्काले ११८ मतको अन्तरले जित हात पारेका छन् । 


खड्काले २७४२ मत र प्रतिसपर्धि बिरेन्द्र मगरले २६२४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपप्रमुखमा एमालेकी कुमारी राना ज्यु ठकुरीले प्रतिसपर्धिलाई ५११ मतको भारी अन्तरले विजयी भएका हुन । उनले २७७९ मत प्राप्त गरेका थिए भने प्रतिसपर्धि माओबादी केन्द्रकी हस्तशोभा राईले २२६८ मत प्राप्त गरेकी थिइन् ।

उपप्रमुखमा माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपालले गठबन्धन गरेका थिए । रौतामाई गाउँपालिकामा एमालेले ४ वडा, माओबादी केन्द्रले २ र काँग्रेसले १ वडा जितेको छ । एमालेकोतर्फबाट वडानं १ मा रुद्र कार्की, २ मा खगेन्द्र रास्कोटी, ३ मा दुर्गाराज खड्का, ४ मा चन्द्र राना विजयी हुनु भएको छ । त्यस्तै माओबादीको तर्फबाट वडानं ६ मा केशव रानामगर र ७ उत्तरकुमार मगर काँग्रेसबाट वडानं ८ मा टेकबहादुर मगर विजयी भएकाछन् ।

त्यसैगरी उदयपुरगढी गाउँपालिकामा एमालेका मानबहादुर केप्छाकी मगर (मोहन) १४४४ मतको भारी अन्तरले जित हात पारेका थिए । मगरले ४४२५ र प्रतिसपर्धि जितबहादुर खड्काले २९८१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेकै सानु राउत ९८८ मतको फरकले जित हासिल गरेका थिए । राउतले ४०४३ र प्रतिसपर्धि विमा राईले ३०५५ मत प्राप्त गरेका थिए ।


यता ताप्लीपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी भएका थिए । 

प्रतिस्पर्धि स्वतन्त्र उमेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी भएका हुन । थापाले १२९१ र काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उमेदवार बनेका पदमबहादुर तामाङले १२६८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिए । त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामाया राई भारी मतले विजयी भएका थिए । राईले १८२१ र काँग्रेसकी धना मगरले १५६३ मत प्राप्त गरेका थिए ।

४ हजार २ सय ८ पुरुष ४ हजार ९० महिला गरी कुल ८ हजार २ सय ९८ मतदाता रहेको ताप्लिमा ५ हजार २ सय ५० मत खसेको थियो । ५ वटा वडा रहेको ताप्लिमा एमालेले वडानं १,२ र ३ मा वडाध्यक्षसहित प्यानलैसहित विजयी भएको हो । त्यसैगरी ४ र ५ मा माओबादीको वडाअध्यक्ष र बाँकी  काँग्रेससँग मिश्रित परिणाम आएको हो ।


सुनकोसी गाउँपालिकामा माओबादी केन्द्रका मेजरकुमार राई विजयी भएका छन् । उनले १३४७ र प्रतिसपर्धि नेकपा एमालेका भलराज राईले १२८१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली काँग्रेसकी रमिला राईले जित हात पारेको छ । राईले १५२७ र विपक्षी एमालेकी लक्ष्मी कार्कीले १२३९ मत प्राप्त गरेकी थिइन ।

यता चार वटा नगरपालिका मध्ये तिन वटामा नेपाली काँग्रेसले अगुवाई गरिरहेको छ भने एउटामा एमालेले अगुवाई गरिरहेको शनिवार राति अबेर सम्मको परिणामले देखिएको छ । चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने कटारी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य