सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

सरुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

सरुम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरुमारानि गाउँपालिकाका जनप्रतिनिधिले शपथ लिए

१९ असार २०७४, सोमबार १०:०४


सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

सरुमारानी निर्बाचन कार्यालयले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित झग बहादुर बिश्वकर्मा, उपप्रमुख मिना सोमै  र ६  वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलेले  सामुहिक शपथग्रहण गर्नुभएको हो।

अध्यक्षलाई सरुमारानिको मुख्य

 निर्वाचन अधिकृत इश्वरी प्रसाद शर्माले र  गाउपालिका उपप्रमुख वडा अध्यक्ष र सदस्यहरुलाई  अध्यक्ष बिश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो। प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली र नेपाल भाषामा देश र जनताको नाममा  शपथ लिनुभएको छ।

कार्यक्रममा प्रमुख बिश्वकर्माले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताउनुभएको छ। उहाँले सुन्दर, समृद्ध र जीवित गाउँपालिका  स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै गाउपालिकालाई सम्मुन्नत,समतामुलक,न्यायपुर्ण तथा  शुसासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


उपप्रमुख सोमैले यो गाउपालिकामा पिछ्डिएका महिलाहरुको शसक्तिकरण गर्ने आफ्नो पहिलो कार्य रहेको भन्दै यहा  रहेका धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीयस्थल बनाउन सबै सरुमारानीबासिसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिनुभयो।

सरुमारानिको मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

त्यस्तै गाउंपालिका कि प्रमुख कार्यकारी अधिकृत शारदा रजौरेले पालिकावासीको सुन्दर सपना पूरा गर्नका लागि गाउँपालिका वासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

माननीय सांसद धन बहादुर रायमाझिले स्थानिय सरकार संचालनमा पुर्ण रुपमा आफुले सहयोग गर्ने बताउनुभएको । नवनिर्वाचित प्रमुख उपप्रमुखले आगामी असार २१ गते  पदभार ग्रहण गर्नुहुने छ र त्यसपछि गाउंसभाको पहिलो बैठक बस्नेछ ।  कार्यक्रमको संचालन शान्तराज गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी