२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा सवै तहको परिणाम सार्वजनिक

२०७४, १९ असार सोमबार १६:२९

असार १९, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

६ स्थानिय तहमध्ये नेपाली कांग्रेसले चार स्थानिय तहमा जित हासिल गरेको छ । सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सहित २५ वडामा जित हासिल गर्दै पहिलो पार्टी भएको छ ।

कांग्रेसबाट सन्धिखर्क नगरपालिकाको प्रमुखमा कमलप्रसाद भुसाल, सितगंगा नगरपालिकाको प्रमुखमा सुर्यप्रसाद अधिकारी, भुमिकाथान नगरपालिकाको उपप्रमुखमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकाको अध्यक्षमा लेखनाथ पोख्रेल, उपाध्यक्षमा तुल्सादेवी श्रेष्ठ र पाणिनीको अध्यक्षमा अच्युत गौतम विजय भएका छन ।

नेकपा माओवादी केन्दबाट भुमिकाथान नगरपालिकाको प्रमुखमा रेशम थापा, सन्धिखर्क नगरपालिकाको उपप्रमुखमा ठाकुरकुमार विक र सितगंगा नगरपालिकाको उपप्रमुखमा टिका रेश्मी विजय भएका हुन । माओवादीले ७ वटा वडामा जित हासिल गरेको छ ।

नेकपा एमाले एक गाउँपालिकाको अध्यक्ष २ गाउँपालिकाको उपाध्यक्षमा जितेको छ । एमालेबाट मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्य, उपाध्यक्षमा प्रमिला क्षेत्री, पाणिनी गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी गौतम विजय भएका छन । एमालेले २५ वटा वडामा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले ४ वडामा जित हासिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी