९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य

१८ मंसिर २०८१, मंगलवार १३:५८

काठमाडौं । सोमबार राति बेइजिङ उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

चार दिने चीन भ्रमणका क्रममा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।चारदिने औपचारिक भ्रमणका लागि सोमबार राति बेइजिङ पुगेका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबारदेखि बिहीबारसम्म चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा दुई पटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको सीसीटीभीप्लसले समाचार लेखेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणसँगै चीन नेपालसँग रणनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न र चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगतिका लागि प्रयास गर्न तयार रहेको उल्लेख गरेको छ । ओली बेइजिङमा ओर्लिदा चिनियाँ उच्च अधिकारीहरुले भब्य स्वागत गरेका थिए ।

ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुका साथै नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल