2026-08-22 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

एमालेलाई ३४ मतले हराउँदै उदयपुरको बेलका-९ मा माओवादीका भरत विजयी

उदयपुर | बेलका नगरपालिका-९ मा भएको उपनिर्वाचनमा नेपाल माओवादी केन्द्रका भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन्।

आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भई गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरू भएको गणना राति ११ बजे सकिएको थियो।

घिमिरेका निकटतम् प्रतिद्वन्द्वी एमालेका मोहन खड्काले पाँच सय २५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार मत पाएको निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी सुरेश पोखरेलले जानकारी दिए।

माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी भएको बेलका-९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बेलका-९ मा कूल मतदाता सङ्ख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने