८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

एमालेलाई ३४ मतले हराउँदै उदयपुरको बेलका-९ मा माओवादीका भरत विजयी

१८ मंसिर २०८१, मंगलवार १५:२७

उदयपुर | बेलका नगरपालिका-९ मा भएको उपनिर्वाचनमा नेपाल माओवादी केन्द्रका भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन्।

आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भई गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरू भएको गणना राति ११ बजे सकिएको थियो।

घिमिरेका निकटतम् प्रतिद्वन्द्वी एमालेका मोहन खड्काले पाँच सय २५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार मत पाएको निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी सुरेश पोखरेलले जानकारी दिए।

माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी भएको बेलका-९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बेलका-९ मा कूल मतदाता सङ्ख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता