2026-06-18 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीबीसीको १ सय प्रभावशाली महिलाहरुमा नेपालकी आचार्य

काठमाडौँ | बीबीसीले सार्वजनिक गरेको विश्वभरका १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा नेपाली युवती शिलशिला आचार्य पनि परेकी छन् ।

लामो समयदेखि पर्यावरणको संरक्षणमा अभियान चलाइरहेकी शिलशिला बीबीसीको २०२४ को उत्कृष्ट सूचीमा नेपालबाट छनोट भएको एक्लो महिला हुन् ।

बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १ सय महिलाहरुको सूची सार्वजनिक गर्दैआएको छ । यसपटक शिलशिला आचार्य सयको सूचीमा परेकी हुन् । आचार्यले पसलहरुमा प्लास्टिकको झोला इन्कार गर्दै जलवायु परिवर्तन विरुद्ध अभियान चलाउँदै आएकी छन् ।

२०१४ देखि उनले ‘धन्यवाद म आफैं झोला बोक्छु’ अभियान सञ्चालन गर्दैआएकी छन् । अर्थात् यस अभियानले पसलमा दिइने प्लास्टिकका झोला नबोकेर ग्राहकलाई आफैं कपडाका झोला प्रयोग गर्न प्रोत्साहन गर्छ । फलस्वरुप हाल भाटभटेनी लगायत काठमाडौंका ठूला सुपरमार्केटमा प्लास्टिकको सट्टा कपडाका झोला प्रयोग हुँदैआएको छ ।

बीबीसीले यस वर्ष नोबेल पुरस्कार विजेता नादिया मुरादसहित १०० जना महिलाको सूची सार्वजनिक गरेको हो । जहाँ पर्यावरण, कृषि, स्वास्थ्य, राजनीतिक अभियान लगायत क्षेत्रमा सक्रिय र प्रभावशाली महिलाहरुको नामछ ।

नेपालकी शिलशिला आचार्यले भने फोहोर व्यवस्थापनको क्रममा अभनी भेन्चर्स नामक संस्था चलाउँछिन् । जहाँ उनको संस्थाले फालिएका प्लास्टिक संकलन गरेर विभिन्न सजावटका समग्री बनाएर पुनप्रयोगमा ल्याउने गरेको छ ।

साथै सीमान्तकृत समुदायका ३ सय भन्दा धेरैलाई रोजगारी पनि दिएको छ । आचर्यले यस संस्थामार्फत हिमालमा फालिएका प्लास्टिकको व्यवस्थापनमा पनि काम गरेकी थिइन् ।

गुल्मीमा जन्मिएकी शिलशिला आचार्य चिकित्सा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए पनि छाडेर वातावरण अध्ययन गर्दै जलवायु तथा पर्यावरणको क्षेत्रमा अभियन्ता बनेर लागेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु