2026-08-22 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लीलाबल्लभबारे दरपिठविरुद्धको निवेदनमा आइतबार सुनुवाइ हुने

काठमाडौँ | मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा मंसिर २३ गते आइतबार सुनुवाइ हुने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पैसा तिरेर जापान जानेहरूलाई पक्राउ गरेर अनुसन्धानका लागि थुनामा राखेकामा उनीहरूलाई लिएर गएको आरोप लागेका मन्त्रीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।

जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न माग गर्दै वरिष्ठ अधिवक्ता दिने त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिट सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले प्रक्रियामा लग्न नपर्ने भन्दै दरपिठ गरिदिएका थिए ।

दरपिठविरुद्ध त्रिपाठीले लगेको निवेदन सर्वोच्चमा बिहीबार दर्ता भएको हो । उनको निवेदनमा मंसिर २३ गते सुनुवाइ हुन लागेको हो ।

सुनुवाइपछि इजलासले दरपिठ सदर गरे रिटको प्रक्रिया समाप्त हुन्छ । दरपिठ खारेज भएमा सर्वोच्चले सरकारी वकिलको निर्णयमा सुनुवाइ गरी न्यायिक परीक्षण गर्नेछ । सुनुवाइको प्रक्रियामा गएर न्यायालयले मुद्दा फिर्ताको निर्णय बदर गरे अधिकारीलाई पुन: पक्राउ गरी अनुसन्धान अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने