Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एनपीएलमा पहिलो शतक प्रहार गर्ने ब्याटर बने एन्ड्रिज गौस

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | एनपीएलमा पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौसले पहिलो शतक प्रहार गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गौसले लुम्बिनी लायन्सविरुद्ध ५४ बलमा शतक पूरा गरेका हुन् ।

सो क्रममा उनले १२ चौका र ५ छक्का प्रहार गरे । पोखराका ओपनरद्धय एन्ड्रिज र दिनेश खरेलले एनपीएलको सर्वाधिक साझेदारी पनि गरेका छन् ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्यमा पोखरा एभेन्जर्सले जवाफी ब्याटिङ गरिरहेको छ ।