2026-06-18 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुना पाण्डे हत्या प्रकरण : अभियुक्तसँग १० लाख डलर धरौटी माग

काठमाडौँ | अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख अमेरिकी डलर धरौटी माग गरिएको छ।

ह्युस्टनस्थित एक अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अभियुक्त बबीसँग सो धरौटी रकम माग गरेका हुन्।

बबीका वकिल विल्भिन कार्टरले उक्त धरौटीलाई ५ लाख डलरमा घटाउन आग्रह गरेका थिए तर, न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका छन्।

‘यो धेरै उच्च छ, साह गरिब हुनुहुन्छ, उहाँसँग एक मिलियन डलरको बन्ड बनाउन कोष छैन,’ कार्टरले भनेका थिए।

गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनपछि स्थानीय प्रहरीले पक्राउ गरेको थियो।

साहले १० लाख डलर धरौटी बुझाउन सके जेल बाहिर बसेर मुद्दा लड्न सक्ने क्लिकटुह्युस्टनले जनाएको छ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु