८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को भयो प्यूठान नगरपालिकामा गोलाप्रथाबाट बिजयी ?

२१ असार २०७४, बुधबार १२:०८

असार २१, प्यूठान । स्थानिय निर्बाचनको मतगणनाका क्रममा प्यूठान नगरपालिका वडा नं. ६ को अध्यक्षपदमा नेपाली कांग्रेस र माओवादी केन्द्रको बराबर मत देखिएपछि गोलाप्रथा गराउँदा नेपाली कांग्रेसकालाई चिठ्ठा परेको छ । 

प्यूठान नगरपालिकाको कार्यालय विजुवारमा बुधबार दिउसो नेपाली कांग्रेस र माओवादी केन्द्रबाट अध्यक्षका उमेदवारहरु उपस्थित भई चिठ्ठा तान्दा यस्तो परिणाम आएको हो । मत गणना बिहिबार सकिएपनि गोलाप्रथा भने आज (बुधबार) गराईएको थियो । कांग्रेसलाई चिठ्ठा परेसंगै प्यूठान नगरपालिकामा २ वडा वडाको नेतृत्व कांग्रेसले हात पारेको छ । 

यस्तै वडा नं. १० राष्ट्रिय जनमोर्चाले जित हातपारेको छ भने अन्य सबै वडामा एमाले बिजयि भएको छ । तर एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा आफै चुनाव लड्नु भएको प्यूठान नगरपालिकाको मेयर पदमा भने हार खानु भएको छ । यस्तै उपाध्यक्षमा भने एमालेकै शान्ता आचार्य बिजयी हुनु भएको छ । 

आज भएको चिठ्ठा कार्यक्रम सँगै प्यूठानको सबै तहको निर्बाचनको परिणाम सार्बजनीक भइसकोछ । प्यूठानको अन्तिम नतिजा आउँदा सम्म जिल्लाका ९ स्थानिय तहमा एमाले र कांग्रेस बराबरको स्थितीमा देखा परेकाछन् । एमाले र कांग्रेसले तिन तिन अ‍ोटा तहमा जित हाँसिल गरेकाछन् । यसैगरी राजमोले २ र माओवादी केन्द्रले प्यूठान नगरपालिकाको मेयर पद हात पार्न सफल भएको छ । तर सबैको चासोको रुमा हेरिएको प्यूठान नगरपालिकामा राजमो र माओवादी केन्द्र बिचमा तलमेल भएको थियो । 

राजमोले माओवादी केन्द्रलाई मेयरपदमा सहयोग गरेपनि माओवादी केन्द्रले भने राजमोलाई उप मेयरमा असहयोग गरेको कार्यकर्ताको प्रतिकृया छ । नेपाली कांग्रेसले नौबहिनी, गौमुखी र ऐरावती गाउँपालिकामा जित हात पारेको छ भने एमालेले स्वर्गद्धारी नगरपालिका, सरुमारानी र माण्डवी गाउँपालिकामा जित हात परेको छ । यस्तै राजमोले मल्लरानी र झिमरुक गाउँपालिकामा जित हात परेकोछ । 

तर उप प्रमुख पदमा नेपाली कांग्रेसले २ तहमा, एमालेले ३ तहमा र माओवादील ३ तहमा जितेकाछन् यस्तै राजमोले पनि २ वटा प्रमुख सँगै २ वटै उपप्रमुखमा जितेको छ । दलहरु बिचको तलमेल अनुसार नेपाली कांग्रेस र माओवदी केन्द्र बिच तालमेल भएको नौ बहिनी गाउँपालिकामा मात्रै तालमेल पूर्ण रुपमा सफल देखिएको छ । स्मृती घर्ती मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ