2026-08-22 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिटमा सुनुवाइ सकियो

काठमाडौँ | कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णयलाई चुनौती दिँदै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सकिएको छ। न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाइ सकिएकाले आजै आदेश आउने समेत अपेक्षा गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यस रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाइएको छ।

मानव तस्करीको आरोपमा अधिकारीलाई गत कात्तिक २५ गते पक्राउ गरिएको थियो। जापान भ्रमणमा गएका तीन युवालाई नक्कली परिचयपत्र बनाएर पठाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो। तीमध्ये खोटाङका दावा शेर्पा, रसुवाका कञ्चन देवकोटा, र जनक राईलाई जापानको अध्यागमनले फिर्ता गरिसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो।

देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको नक्कली परिचयपत्र र शेर्पाले खोटाङको वडा सदस्यको नक्कली परिचयपत्र बोकेको पाइएको छ। अधिकारीले भने आफूले ती व्यक्तिहरूलाई हङकङमा भेटेर फिर्ता ल्याई नेपाल प्रहरीलाई बुझाएको दाबी गरेका छन्।

यसअघि, जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी मंसिर ११ गते हिरासतबाट मुक्त भएका थिए। हाल यस निर्णयमाथि सर्वोच्च अदालतको आदेशको प्रतीक्षा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने