2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमको सिमबाटै भिडिओ कल गर्न मिल्ने, कसरी गर्न सकिन्छ भिडिओ कल?

काठमाडौँ | नेपाल टेलिकममा कुनै सामाजिक सञ्जालबिनै भिडिओ कल गर्न सकिने भएको छ। अहिले यो सुविधा परीक्षणको रूपमा रहेको टेलिकमले जनाएको छ।

‘भ्वाइस ओभर एलटिई (भिओएलटिई) चल्ने मोबाइल फोनहरूमा यो सुविधा प्रयोग गर्न सकिन्छ,’ टेलिकमका सह- प्रवक्ता नविन कुमार मिश्रले भने, ‘अहिले यो परीक्षणकै क्रममा छ।’

केही वर्षदेखि यो सेवा परीक्षणमा भए पनि अहिले यसको प्रयोग बढ्न थालेको उनले बताए।

किनभने यसको लागि फोरजी चल्ने मोबाइल आवश्यक हुन्छ। पछिल्लो समय फोरजी चलाउनेको संख्या बढेको छ।

‘अहिलेका धेरैजसो मोबाइल सेटमा फोरजी चल्छ,’ मिश्रले भने, ‘भडिओ कल गर्ने दुवै पक्षको मोबाइल फोरजी चल्ने हुनुपर्छ।’

प्रयोगकर्ताले पहिले आफ्नो मोबाइलबाट *४४४# डायल गरेर भिओएलटिई सेवा लिनुपर्छ। त्यसपछि मोबाइल सेटको सेटिङमा गएर भिओएलटिई एक्टिभेट गर्नुपर्छ।

भिओएलटिई सेवा एक्टिभेट भए नभएको कुरा मोबाइल स्क्रिनको माथि एचडी/भिओएलटिई लेखेको देखिनेछ।

यो सेवा प्रयोग गर्न मिल्ने भए/नभएको बुझ्न *१११# डायल गर्नुपर्छ। यदि यो डायलपछि मोबाइलमा ‘इरर’ (Error) देखायो भने यो सेवा सो मोबाइल सेटमा नचल्ने रहेछ भनेर बुझ्नुपर्छ।

तर, डायल भयो भने यो सेवा सुरू भएको हुन्छ।

यो सेवा चल्न थालेपछि फोन गर्दा पहिलेभन्दा आवाजको गुणस्तर समेत बढेको हुनेछ। त्यस्तै, फोन गर्दा नै क्यामराको अप्सनमा गएर समेत अन्य फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमा जसरी नै भिडिओ कल गर्न मिल्छ।

यसका लागि डेटा प्याक आवश्यक पर्दैन। डेटा प्याक नलिएर यस्तो भिडिओ कल गर्दा एक जिबी बराबर पर्ने रकम प्रयोगकर्ताको मोबाइल ब्यालेन्सबाट काटिने मिश्रले बताए।

हाल नेपाल टेलिकमको विभिन्न डेटा प्याक अनुसार एक जिबीको १६ रूपैयाँदेखि २९ रूपैयाँसम्म पर्ने गरेको छ।

एक जिबी डेटाको महँगो पर्ने प्याक भने खर्च नहुँदासम्म धेरै दिन चलाउन पाइन्छ। अहिले टेलिकमले एक दिनदेखि २८ दिनसम्मको लागि एक जिबीदेखि १२ जिबीसम्म डेटा प्याकेजमा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई