असार २४, बुटवल । असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, बुटवल । असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटव"/>

2026-07-24 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देही व्यापार संघद्वारा जनप्रतिनिधिलाई सम्मान


असार २४, बुटवल । असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्दै संघले बुटवलको विकासमा आफुहरु सहकार्य गर्न तयार रहेको बताएको छ । 

सो अवसरमा सहभागी संघका विभिन्न तहका पदाधिकारी, सदस्य, सल्लाहकार तथा संघ संस्थाका प्रतिनिधिहरुले जनप्रतिनिधिहरुलाई असली जनपतिनिधि र सेवक बनेर काम गर्न आग्रह गरे । 

संघले शनिबार एक समारोहका बीच नवानिर्वाचत मेयर, उपमेयरसहित बुटवलका १९ वटै वडाका अध्यक्ष, महिला सदस्य, दलित र खुला सदस्यहरु सबैलाई सामूहिक रुपमा स्वागत र सम्मान गरेको थियो । 

नवनिर्वाचित मेयर, उपमेयरसहितका जनप्रतिनिधिहरुले मतदाता र जनसाधारण सबैलाई धन्यवाद ज्ञापन गर्दै आफुहरु सेवक बनेर काम गर्ने प्रतिबद्धता दोहोराए । बुटवलको समृद्धि र विकासका लागि आफुहरु सबैसित सहकार्य र समन्वय गर्न तयार रहेको भन्दै चुनावका बेलामा भएका सबैखाले प्रतिस्पर्धाहरु अब भुलिएको मेयर शिवराज सुवेदी, उपमेयर गोमादेवी आचार्यले बताए ।

सो अवसरमा संघका अध्यक्ष मोतिलाल पाण्डे, पूर्व अध्यक्षहरु शंकर भट्टराई, टंकप्रसाद पोखरेल, उपाध्यक्ष यमलाल लोहोनी, महासचिव डिल्लीराज भण्डारीसहित कार्यसमितिका पदाधिकारीहरुले सामूहिक रुपमा स्वागत र सम्मान गरेका थिए । त्यसक्रममा उनीहरुले बुटवलको समग्र विकासका लागि आफुहरु हातेमालो गर्न तयार रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानमा केन्द्रित हुन आग्रह गरेका थिए । 

कार्यक्रममा सहभागी संघका आजिवन सदस्यहरु, कार्यसमिति सदस्यहरु तथा सदस्यहरुले सेवाग्राहीका कामलाई प्राथमिकता दिन आग्रह गरे ।

बुटवल व्यापारिक केन्द्र र पर्यटकीय हबका रुपमा विकास भइरहेकाले यसलाई अझ व्यवस्थित र समुन्नत बनाउने काममा जनप्रतिनिधिहरु र निजी क्षेत्रहरुका बीचमा सहकार्य जरुरी रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य, संघका सल्लाहका तुलसीराम बञ्जाडे, बुटवलका सबै वडा अध्यक्षहरुका तर्फबाट बुटवल ४ का नवनिर्वाचित वडा अध्यक्ष टंकप्रसाद पराजुली, रेडियो लुम्बिनीका स्टेशन म्यानेजर इन्दीरा अर्याललगायतले शुभकामना व्यक्त गर्दै जनताका सेवक बनेर काम गर्न सुझाव दिएका थिए । 

संघका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष यमलाल लोहोनी र सञ्चालन महासचिव डिल्लीराज भण्डारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक