२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल

३ पुष २०८१, बुधबार १५:१५

काठमाडौँ | कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायरमा प्रवेश गरको हो ।

प्रतियोगितामा चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको टोलीले इलिमिनेटरमा चितवनसँग प्रतिस्पर्धा गर्दै जित निकाल्न सफल भयो।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनायो ।

कर्णाली क्वालिफयरमा पुगेपछि कप्तान सोमपाल कामीले सुरुवात देखि नै कर्णालीको नजर उपाधिमा भएको बताएका छन् । दुई खेलमा केही असज अवस्था बनेपछि कमब्याक पछि नजर उपाधिमा रहेको बताएका छन् ।

‘कर्णालीको सुरुवात देखि नै उपाधिमा नजर छ । दुई खेलमा पराजित भएपछि केही कमजोर देखिएपनि हामीले कमब्याक गर्दै क्वालिफायरसम्म पुगेका छौं अब उपाधि नै हाम्रो मुख्य लक्ष्य हो,’ सोमपालले भने ।

प्रतियोगितामा ७ खेलमध्य कर्णालीले ४ खेलमा जित निकालेको थियो । कर्णाली सुरुवातका दुई खेलमा पराजित भएको थियो भने अन्तिम खेलमा पनि पराजित हुन पुगेको थियो । आजको जितले झनै टिमलाई उर्जा मिलेको सोमपालले बताए । जुनसुकै टोली क्वालिफायरमा आएपनि आफूहरु तयार भएको बताए ।

‘आजको जितले टिममा पनि सकरात्मक उर्जा आएको छ । जयकिशन कोल्सावालाको आगमनले पनि टिममा केही सहज भयो । उनलाई जुन भूमिकाका लागि टिममा अनुबन्ध गरेका थियौं त्यो गरेर देखाए,’ सोमपालले भने ।

कर्णालीले अब पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ