2026-09-11 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल

काठमाडौँ | कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायरमा प्रवेश गरको हो ।

प्रतियोगितामा चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको टोलीले इलिमिनेटरमा चितवनसँग प्रतिस्पर्धा गर्दै जित निकाल्न सफल भयो।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनायो ।

कर्णाली क्वालिफयरमा पुगेपछि कप्तान सोमपाल कामीले सुरुवात देखि नै कर्णालीको नजर उपाधिमा भएको बताएका छन् । दुई खेलमा केही असज अवस्था बनेपछि कमब्याक पछि नजर उपाधिमा रहेको बताएका छन् ।

‘कर्णालीको सुरुवात देखि नै उपाधिमा नजर छ । दुई खेलमा पराजित भएपछि केही कमजोर देखिएपनि हामीले कमब्याक गर्दै क्वालिफायरसम्म पुगेका छौं अब उपाधि नै हाम्रो मुख्य लक्ष्य हो,’ सोमपालले भने ।

प्रतियोगितामा ७ खेलमध्य कर्णालीले ४ खेलमा जित निकालेको थियो । कर्णाली सुरुवातका दुई खेलमा पराजित भएको थियो भने अन्तिम खेलमा पनि पराजित हुन पुगेको थियो । आजको जितले झनै टिमलाई उर्जा मिलेको सोमपालले बताए । जुनसुकै टोली क्वालिफायरमा आएपनि आफूहरु तयार भएको बताए ।

‘आजको जितले टिममा पनि सकरात्मक उर्जा आएको छ । जयकिशन कोल्सावालाको आगमनले पनि टिममा केही सहज भयो । उनलाई जुन भूमिकाका लागि टिममा अनुबन्ध गरेका थियौं त्यो गरेर देखाए,’ सोमपालले भने ।

कर्णालीले अब पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस