२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्थानीय विकास अधिकारी भन्छन्, ‘आफ्नै कर्मचारीबाट असुरक्षीत छु’

२०७४, २५ असार आईतवार ०२:३९


नन्दराम जैशी/असार २५, जुम्ला । जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण वेलबासेले जिल्ला समन्वय समितिभित्रका कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको खुलाशा गर्नुभएको छ । समन्वय समिति भित्रका केहि कर्मचारीको निहित स्वार्थलाई आफुले पुरा गर्न नसकेपछि सहकर्मि कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको उहाले बताउनुभयो । उहाँले भन्नुभयो, म मातहतका कर्मचारीहरुले जे मुखमा आँउछ त्यो तथानाम गाली गर्ने गर्छन् । म आफ्नै कर्मचारीहरुबाट असुरक्षित भएपछि मेरो दैनिक कार्य सम्पादनमा समस्या भएको छ । समन्वय समितिका कर्मचारीले आफुलाई चाहिएको सामानहरु जुनसुकै पसलबाट लिने अभ्यास थियो, त्यसलाई मैले रोक्न खोज्दा आफु असुरक्षित भएको महशुस भएको छ, बेल्वासेले भन्नुभयो । 

जुम्लाका विभिन्न पसल, होटलहरुबाट अनाआवाश्यकका बिलहरु आउँदा आफुले रोक्न खोजेको र त्यसको विरुद्धमा समन्वय समितिका केहि कर्मचारीहरुबाटै आफु माथि धम्की आएको समेत उहाँले गुनासो पोख्नुभयो । 

म आवाश्यक बिना खर्च हुने प्रशासनिक खर्च नियन्त्रण गर्न लागेको हुँ, तर विगत देखि मनपरि गर्दे आएका कर्मचारीको लागि असह्य भएको छ । समन्वय समितिका कर्मचारीहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्नको लागि अनेक हतकण्डा प्रयोग गरेको उहाको बुझाइ छ । आफु माथि पटक–पटक हातपात हुन खोजेको भन्दै उहाँले आफुले प्रयोग गरेको धारा बन्द गर्ने देखि लिएर क्वाटरबाट धपाउन खोज्ने जस्ता अनैतिक क्रियाकलाप गरेको स्थानिय विकास अधिकारी बेल्वासेले बताउनुभयो । 

आफु माताहतका कर्मचारीबाट विश्वास नभएका कारण सुरक्षा लिएको छु र आफै खाना पकाएर खाने गरेको छु उहाँले भन्नुभयो । समन्वय समिति भित्रका उपकरण खरिद र अस्वभाविक रुपमा तालिमका लागि रकम खर्च भएको हुने गरेको छ । कार्यालय भित्रको खर्च घटाउन खोज्दा आफुमाथि हातपात हुन खोज्यो, आफै सचेत भएकाले घटना हुन पाएन । कार्यालय भित्र अराजक क्रियाकलाप भएका छन, यसलाई कम गर्नको लागि रोक्ने प्रयास गरे तर, संभव भएन । उहाँले भन्नुभयो, ड्रिलिप प्रोजेक्टका मोटरसाइकहरु व्यक्तिका घरमा काठमाण्डौँतिर छन, त्यसको विवरण कर्मचारीलाई देउ भन्दा कसैले मानेका छैनन् । 

वैशाख महिनाबाट ड्रिलिप प्रोजेक्ट सकिएको छ र त्यहाँ भएका सामानहरु व्यक्तिको घरमा पुगेका छन् । चिसो समयमा प्रयोग गर्नको लागि समन्वय समितिबाट वर्षमा १० वटा ग्यास चुलो खरिद हुने गर्दछन् । तर ती चुलोहरु कार्यालयमा नरहेको र कसले कँहा लिन्छन् पत्तो हुदैन । 

साविकको जिल्ला विकास समिति जुम्लालाई जसरी दुहुन सकिन्छ, त्यसरी खानु पर्छ भन्ने मान्यता बोकेका छन् । त्यसैमा पनि यदि एलडियोले अवरोध गरेमा तह लगाउनु पर्छ भन्ने मान्यता कर्मचारीहरुको रहेको उहाँले बताउनुभयो । आफुले चालेको प्रत्येक कदममा चुनौति रहेको बताउँदै बेल्वासेले एक्लै चाहेर केहि पनि गर्न नसकिने तर्कगर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित