2026-08-22 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दमकमा होटलमा बास बसेका युवा मृत फेला, २ युवती पक्राउ

झापा | दमकमा होटलमा बास बसेका एक युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको भन्दै सञ्चालकले खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल जाँदा उक्त कोठामा मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया गोमाकुमारी तामाङ भेटिएकी थिइन्।

उनी सुनुवारसँग बेलुका खाना खाएर कोठामा बसेकी थिइन्। अनुसन्धान अनुसार रामेछाप मन्थली घर भएकी २० वर्षीया सोनु तामाङसमेत होटलको कोठामा सँगै सुतेका थिए। गोमाकुमारीले सुनुवार सुतेकै स्थानमा मृत फेला परेको भन्दै होटल सञ्चालिकालाई खबर गरेकी थिइन्।

दुबै युवतीलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालेको छ। मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने