२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडकखण्डमा एक हजार चार सय गाडी रोकिए

२६ असार २०७४, सोमबार ०९:०६

असार २६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् । 

नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको उहाँले बताउनुभयो । 

ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो । त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो । जसमा ३०० बस, ४०० ट्रक र १०० हलुका सवारी साधन रोकिएको प्रहरी निरीक्षक पन्तले बताउनुभयो । 

बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो । काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको पन्तले बताउनुभयो । 

यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले असार ११ गते उक्त सडकखण्डको अनुगमन गरेको थियो । समितिले गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउँदै आइतबारबाट रातीको समयमा सवारी आवागमन रोकेको हो । 

दिउँसोको समयमा सहज यातायात सञ्चालन गर्न विशेष व्यवस्था गरिएको छ । उक्त सडकखण्डमा तीनवटा ¥यापिट रेस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उहाँले जानकारी दिनुभयो । 

तीनवटा समूहले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । जसका कारण करिब तीन घन्टाको अवधिमा सवारीसाधनले सडक पार गरेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेसम्ममा राति रोकिएका सबै सवारीले सडक पार गरिसक्ने ट्राफिक प्रहरी प्रमुख पन्तले बताउनुभयो । 

हालसम्म उक्त सडकको निर्माण कार्य ५१ प्रतिशत मात्रै सम्पन्न भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य