2026-10-22 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालकोटमा बाबु–छोराको हत्या: जेठा छोरा मिलनकै संलग्नता रहेको प्रहरीको निष्कर्ष, राति साढे ३ बजे स्कुटरमा निस्केका थिए

काठमाडौँ | भक्तपुरको बालकोटमा मृत भेटिएका बाबु–छोराको हत्या शनिबार राति नै भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानपछि घटना शनिबार राति नै भएको र हत्यामा मृतककै जेठा छोराको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको हो।

सूर्यविनायक नगरपालिका २ बालकोटस्थित डेरामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रवीण आचार्य मृत फेला परेका हुन्। सोमबार बिहान बाहिरबाट ताला लगाएको अवस्थामा भित्र छुट्टाछुट्टै कोठाभित्र उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

शनिबार राति ३ बजेअगाडि नै हत्या भइसकेको निष्कर्ष प्रहरीको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेज, लोकेसन ट्र्याक लगायतका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनीहरूसँगै बसेका जेठा छोरा मिलन आचार्यको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ।

मिलन शनिबार राति साढे तीन बजे खैरो रङको स्कुटरमा चढेर सो स्थानबाट गएको सीसीटीभी फुटेजबाट खुलेको छ। आइतबार बिहान उनी सातदोबाटो पुगेको पनि अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ। तर त्यसपछि कहाँ गए भन्ने पत्ता लगाउन सकेको छैन। स्कुटर भने मिलनको नभएको खुलेको छ।

‘हामी स्कुटरसम्म पुगेका छौँ। तर एउटाले उसलाई दिएको छु भन्छ, उसले अर्कैले चलाएको थियो भन्छ, हामी थप प्रमाण जुटाएर हेर्दैछौँ,’ प्रहरी अधिकारीले भने।

सबै प्रमाणको आधारमा उनको खोजी गरिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। दुवैजनाको हत्यामा कोठाभित्रैका समान प्रयोग भएको प्रहरीको भनाइ छ। मृतक दुवैको टाउको लगायतका भागमा चोट देखिएको छ। प्रहरीले सोधखोज गर्दा उक्त डेरामा अर्का व्यक्ति पनि बसेको खुलेको थियो। त्यसपछि ती व्यक्तिको खोजी गर्न प्रहरीले सुरु गरेको हो। तर मिलन अझै सम्पर्कमा छैनन्।

घटनास्थलमा चिकित्सकसहित प्रहरीले अनुसन्धान गरेको छ। दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

यो पनि:

बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा

बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ