2026-08-22 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालकोटमा बाबु–छोराको हत्या: जेठा छोरा मिलनकै संलग्नता रहेको प्रहरीको निष्कर्ष, राति साढे ३ बजे स्कुटरमा निस्केका थिए

काठमाडौँ | भक्तपुरको बालकोटमा मृत भेटिएका बाबु–छोराको हत्या शनिबार राति नै भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानपछि घटना शनिबार राति नै भएको र हत्यामा मृतककै जेठा छोराको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको हो।

सूर्यविनायक नगरपालिका २ बालकोटस्थित डेरामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रवीण आचार्य मृत फेला परेका हुन्। सोमबार बिहान बाहिरबाट ताला लगाएको अवस्थामा भित्र छुट्टाछुट्टै कोठाभित्र उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

शनिबार राति ३ बजेअगाडि नै हत्या भइसकेको निष्कर्ष प्रहरीको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेज, लोकेसन ट्र्याक लगायतका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनीहरूसँगै बसेका जेठा छोरा मिलन आचार्यको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ।

मिलन शनिबार राति साढे तीन बजे खैरो रङको स्कुटरमा चढेर सो स्थानबाट गएको सीसीटीभी फुटेजबाट खुलेको छ। आइतबार बिहान उनी सातदोबाटो पुगेको पनि अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ। तर त्यसपछि कहाँ गए भन्ने पत्ता लगाउन सकेको छैन। स्कुटर भने मिलनको नभएको खुलेको छ।

‘हामी स्कुटरसम्म पुगेका छौँ। तर एउटाले उसलाई दिएको छु भन्छ, उसले अर्कैले चलाएको थियो भन्छ, हामी थप प्रमाण जुटाएर हेर्दैछौँ,’ प्रहरी अधिकारीले भने।

सबै प्रमाणको आधारमा उनको खोजी गरिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। दुवैजनाको हत्यामा कोठाभित्रैका समान प्रयोग भएको प्रहरीको भनाइ छ। मृतक दुवैको टाउको लगायतका भागमा चोट देखिएको छ। प्रहरीले सोधखोज गर्दा उक्त डेरामा अर्का व्यक्ति पनि बसेको खुलेको थियो। त्यसपछि ती व्यक्तिको खोजी गर्न प्रहरीले सुरु गरेको हो। तर मिलन अझै सम्पर्कमा छैनन्।

घटनास्थलमा चिकित्सकसहित प्रहरीले अनुसन्धान गरेको छ। दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

यो पनि:

बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा

बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने