2026-08-22 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी समक्ष मिलनले स्विकारे- पारिवारिक तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या गरेँ

काठमाडौँ | बालकोटमा हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या प्रकरणमा प्रकरीले उनकै जेठा छोरा मिलन आचार्यलाई पक्राउ गरेको छ ।

उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्विकारेका हुन् ।

उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

हत्या गर्नुको कारणमा भने उनले प्रेमिकासँगको र पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विष्तृत अनुसन्धान हामी गर्दैछौं ।’

पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको हत्या गरेको उनको भनाइ रहेको प्रहरीले स्रोतले बतायो । बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले बताएका छन् ।

मिलनलाई उद्दृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ । तर सफल भएन ।’

५ दिन अघि मात्र काठमाडौं आएका आचार्य र उनका कान्छा छोरा प्रवीण सोमबार कोठामै मृत फेला परेका थिए । सँगै रहेका जेठा छोरा मिलन भने रातिनै फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने