एजेन्सी | कजाखस्तानको अकताऊ शहरमा बुधबार मध्याह्न ६७ यात्रु सवार विमान खसेको छ । सो विमान अजरबैजान एअरलाइन्सको भएको खुलेको छ ।
प्रारम्भिक रिपोर्टअनुसार; विमान सवार ६७ मध्ये केही व्यक्तिको ज्यान गएको छ । कजाखस्तानको आपतकालीन मन्त्रालयले विमान दुर्घटनास्थलसम्म पुग्ने प्रयास भइरहेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सले रूसी समाचार एजन्सीलाई उधृत गर्दै अजरबैजानको बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ उडान भरेको विमान दुर्घटनामा परेको समाचार सार्वजनिक गरेको छ । हवाई मार्गमा रहेको बाक्लो कुहिरोका कारण विमानका चालकले बाटो बदलेको बताइएको छ ।
अजरबैजान एअरलाइन्सले हालसम्म आफ्नो विमान दुर्घटनामा परेकोबारे कुनै जानकारी दिएको छैन ।