११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने

१० पुष २०८१, बुधबार १४:२१

काठमाडौँ | शारडा ग्रुपले सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीलाई ओमोडा ई–फाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई लिगको समापनपछि आयोजित विशेष समारोहमा उनलाई ओमोडा-इफाइभ प्रदान गरिएको थियो ।

शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो ।

एनपिएलभरी दिपेन्द्र सिंह ऐरीले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली कप्तानको भूमिका खेले । प्रतियोगिताभरी ९ खेलहरूमा जम्मा २२७ रन बनाउँदै, ९ विकेट लिँदै, र ७ रन-आउट गराउँदै आफ्नो टोलीको फाइनल खेलसम्म सफलताको यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याए । कुशल क्याच तथा सानदार रन-आउट निकाल्दै फिल्डिङमा अब्बल पकड राख्ने दिपेन्द्र सिंह ऐरी पारस खड्कापछिको पुस्ताबाट उदाउँदा खेलाडीमध्ये एक हुन् ।

ओमोडा एन्ड जेइको नेपाली खेलजगत्‌मा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्दछ । दिपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटको उदाउँदो परिदृश्यको एक उदाहरण हुन्, जसको उच्च सम्मान ओमोडा एन्ड जेइकोले गर्दछ ।

पुरस्कारबापत गाडीमा लाग्ने कर पनि शारडा ग्रुपले व्यहोर्ने बताइएको छ । २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको, अत्याधुनिक विशेषताहरू र आकर्षक डिजाइनसहितको यो अल-इलेक्ट्रिक एसयूभीले ऐरीको उल्लेखनीय प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार