Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच

२०८१, १० पुष बुधबार १६:४३

काठमाडौँ | भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेको आरोपमा पक्राउ परेका मिलनको मोबाइलमा बुबा र भाइको चित्रमा क्रस चिन्ह लगाइएको तस्वीर भेटिएको छ ।

उनी पक्राउ परेपछि मिलनको मोबाइलमा बुवा र भाइको स्केच भेटिएको हो । मिलन आफैंले हातले बनाएको बुवा र भाइको चित्रमा भने क्रस चिन्ह लगाइएको भेटिएको प्रहरीले बताएको छ ।  यो तस्वीरबाट भने मार्ने पूर्वयोजना थियो भन्ने आशंका गर्ने ठाउँ देखिएको एक प्रहरी अधिकारीले बताएका छन् ।

घटनाको पृष्ठभूमि
२०७४ सालमा काठमाडौं आएका २६ वर्षीय मिलन आचार्यले मीनभवन कमर्स क्याम्पसबाट स्नातक तह (बीबीएस) उत्तीर्ण गरेका थिए । मिलनका बुवा ५६ वर्षीय कुलप्रसाद पनि निजामती कर्मचारी हुन् । कुलप्रसादको चाहना छोरालाई निजामती कर्मचारी नै बनाउने थियो । बुवाकै सपना पछ्याउँदै काठमाडौं आइपुगेका उनले स्नातक तहमै अध्ययनरत रहँदा लोकसेवा परीक्षा दिन थाले ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट रहेको मिलनको डेरामा उनका २२ वर्षीय भाइ प्रविण पनि थपिए । उनीहरू फ्ल्याटमा रहेका चारमध्ये दुई कोठा भाडामा लिएर बसिरहेका थिए । भाइ प्रविण भीएस निकेतनमा बिएस्सी दोस्रो वर्षमा अध्ययनरत थिए । खर्चको जोहो बुवा कुलप्रसादले नै गर्दै आएका थिए ।

जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङको निमित्त प्रमुख (नासु) रहेका कुलप्रसाद करिब एक साताअघि मात्रै हुलाक विभागमा काम परेर काठमाडौं आएका थिए । अघिल्ला दिनहरू सामान्य नै बिते । शनिबारको रात भने विभत्स दुर्घटना हुन पुग्यो । २०७४ सालदेखि काठमाडौं राखेर पढाए पनि लोकसेवामा नाम निकाल्न नसकेको र अरु जागिर खान नसकेको तनावमा थिए मिलन । त्यसमाथि गाउँ–समाजले समेत कुरा काट्न थालेको भन्दै कुलप्रसादले जेठा छोरा मिलनलाई सम्झाउन थाले ।

यो बीचमा मिलनले ६ पटक नासुको परीक्षा दिएका थिए । तर त्यसमा उनी सफल हुन सकेनन् । एकपटक अधिकृतको परीक्षा दिए पनि उनको अघिल्लै नियति दोहोरियो । छोरालाई निजामती बनाउने कुलप्रसादको सपना अनि मिलनको चाहना सातौं प्रयासमा पनि अधुरै रह्यो ।

त्यसपछि शनिबार बेलुकाको खाना खाएर सुत्ने तरखर गर्दा बुवा कुलप्रसादले ‘कान्छोको त उमेर बाँकी नै छ । तेरो त उमेर पनि भयो, बिहे गर्ने बेला पनि भयो तर कतै सेटल हुन सकिनस् । गाउँसमाजले पनि कुरा काट्न थालिसके,’ भन्दै छोरा मिलनलाई सम्झाए ।

तर छोराकै हितमा भनेको बुवाको यो शब्द उनको मनमा गड्यो । खाना खाइसकेपछि कुलप्रसाद र मिलन एउटा कोठामा सुत्न गए । कुलप्रसाद खाटमा सुते भने मिलन भुईमा । भान्छा कोठाको खाटमा भने प्रविण सुते ।

छोरालाई अर्ती दिएर ओछ्यानमा ढल्केका कुलप्रसाद निदाए । तर बाबुको त्यही शब्दले मिलन निदाउन सकेनन् । ‘बुवाको शब्दले मलाई धेरै छटपटी भयो । निदाउने कोसिस गरेँ तरसकिनँ । त्यसपछि उठेर एकछिन पढेँ,’ मिलनले प्रहरीसमक्ष भनेका छन् ।

रातभर निदाउन नसेकेका उनी छटपटिरहेका थिए । ‘आफ्नै कारणले बुवा–आमालाई तनाव, दुःख तर आफैंले केही गर्न सकिनँ । सबैलाई तनाव दिएर बाँच्नुभन्दा नबाँचेकै राम्रो भन्ने सोच आयो । अनि यो घटना हुन पुग्यो,’ भक्तपुर प्रहरीको हिरासतमा रहेका मिलनले प्रहरीसमक्ष बताएका छन् ।

शनिबार राति ९ बजेतिर सुत्ने तरखर गरेका मिलनले आइतबार बिहानीपख ५:१५ बजेतिर एकाएक निर्मम निर्णय लिए । आफ्नो कोठामा रहेको डम्बेलले खाटमा निदाइरहेका बुवाको टाउकामा प्रहार गरे ।

बुवाले कुनै प्रतिकार गर्ने मौका पाएनन् । ४/५ पटक टाउकामा डम्बेलले हानेपछि उनी भाइ सुतेको भान्छा कोठामा छिरे । एक गिलास पानी पिए । भान्छामा रहेको सिलौटाले भाइ प्रविणको टाउकामा उसैगरी ४/५ पटक प्रहार गरे ।

‘कुलतमा फस्न थालेको, बिहान १२ बजेसम्म पनि सुतिरहने भएकाले गरिखाँदैन दुःखै दिन्छ’ भन्ने लागेर भाइको पनि हत्या गरेको मिलनको भनाइ छ ।

बुवा र भाइको हत्या गरेपछि दुवै ढोकामा बाहिरबाट ताला लगाएर उनी बाहिरिएका थिए । त्यतिबेला बिहानको करिब सवा ६ बजेको थियो । आइतबार सखारै कोठाबाट बाहिरिएका उनी भक्तपुरकै बिरुवा भन्ने ठाउँ पुगेका थिए ।

‘बुवा र भाइकै हत्या गरिसेकपछि आफू चाहिँ किन बाँच्ने भन्दै उनले आत्महत्याको प्रयास पनि गरे । गलाको गलबन्दीको पासो लगाएर रुखमा झुण्डिए । तर रुखमा बाँधेको पासो खुस्किएपछि उनको प्रयास असफल भयो। मर्न खोज्दा पासो नै खुस्किएपछि तँ नमर भनेको जस्तो लाग्यो । अनि दोस्रोपटक आत्महत्याको प्रयास गरिनँ’ , मिलनको बयान छ ।

‘त्यसपछि म त्यहाँबाट भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । अनि मात्रै घटना सार्वजनिक भएको थाहा पाए । त्यसपछि मन झनै पिरोल्यो अनि आफैं प्रहरीकोमा पुगेँ,’ मिलनले प्रहरीसमक्ष भनेका छन् ।

यता प्रहरीले भने मंगलबार बिहान महाराजगञ्जस्थित भाटभटेनी अगाडि टोलाइरहेको अवस्थामा मिलनलाई नियन्त्रणमा लिइएको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीका अनुसार नियन्त्रणमा आएका बेला मिलनसँगै कालो झोला पनि साथै थियो ।

उक्त झोलाबाट रगतले लतपतिएका कपडाहरू बरामद गरिएको डीएसपी नेउपानेले बताएका छन् । हत्या गर्दा लगाइएका आफ्ना लुगाहरू झोलामा प्याक गरेर हिँडेको खुलेको छ । यसका साथै उनको साथबाट कोठाको ढोकामा लगाइएका दुई वटा तालाका चाबी पनि बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित