२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कास्कीको रुपा गाउँपालिकाको बजेट सत्ताइस करोड

२०७४, २८ असार बुधबार ०३:२५

असार २८, पोखरा । रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २७ करोड ३५ लाख ७६ हजार बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाद्वारा मङ्गलबार आयोजित प्रथम गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख नवराज ओझाले गाउँपालिकाको आर्थिक विकास सामाजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरिएको बताउनुभयो । 

गाउँ सभाको उद्घाटन गर्दै व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको राजनीति विकास र समृद्धिका साथै सामाजिक रुपान्तरणका क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउँदै पूर्वाधार विकाससँगै समग्र विकासका योजना साकार बन्ने बताउनुभयो । 

प्राकृतिक रुपमा उपलव्ध साधनस्रोतलाई पर्यटन लगायतका विविध पक्षसँग जोड्दै रुपा गाउँपालिकालाई समृद्ध बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक हुनेमा उहाँले जोड दिनुभयो । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य निर्मला सुवेदीले गाउँमा नै स्वरोजगार सिर्जना गरी बढ्दो युवा पलायन रोक्नुपर्ने बताउनुभयो । नेकपा (एमाले) जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङले कृषि र पर्यटनलाई जोड दिँदै यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न सके आर्थिक समृद्धि र विकासमा अघि बढ्न सकिने बताउनुभयो । 

नेपाली काँग्रेस जिल्ला सदस्य नारायणकुमार श्रेष्ठले विकासमा राजनीति गर्न नहुने बताउँदै विकासका लागि सबै दल सकारात्मक सोचका साथ सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । 

गाउँ सभाले गाउँपालिकाभित्र सडक योजनालाई पाँचवर्षे योजनाका साथ अघि बढाउने व्यावसायिक कृषिको विकास गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, वन वातावरण, जलाधार संरक्षण लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । 

कार्यक्रममा गाउँपालिकाका उपप्रमुख लालसुब्बा गुरुङ, कार्यकारी अधिकृत भेषराज आचार्य लगायतले गाउँपालिकाका सम्भावनालाई उजागर गर्दै विकासका मार्गमा उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी