२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय, राख्नेले नै सूचना दिएको अनुमान

१६ पुष २०८१, मंगलवार ११:४३

इटहरी | इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय भएको छ। मंगलबार (आज) बिहान शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार इटहरीका दुई ठाउँ र धरानको एक ठाउँ गरी तीन ठाउँमा बम रहेको प्रहरीलाई सूचना आएको थियो।

इटहरी उपमहानगरपालिका कार्यालयको गेटअघि, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीलाई सूचना आएको तिम्सिनाले जानकारी दिए।

जसमा उपमहानगरको गेटअघि भने सेनाको टोलीले डिस्पोज गरेको छ। डिस्पोजको क्रममा सेनाले प्रेसर कुकर फेला पारेको छ। ‘प्लाष्टिकभित्र प्रेसर कुकर फेला परेको छ। साथै बम बनाउन प्रयोग हुने केही पदार्थमसेत फेला परेको छ,’ एसपी तिम्सिनाले भने, ‘प्रहरीलाई म्यासेजमा तीन ठाउँ बम राखिएको भनेर सूचना आएपनि उपमहानगर गेटअघि मात्रै प्रेसर कुकर फेला परेको छ।’

उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ। ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चासमेत फेला परेको छ,’ उनले भने।

उक्त पर्चामा हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी गर्नुपर्ने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको छ। एसपी तिम्सिनाका अनुसार बूढीखोलामा भने बोराभित्र फोहोर फ्याँकिएको पाइएको छ । एउटा बोराभित्र कपडाजस्तो देखिनेगरी राखिएको अवस्थामा फोहोर फ्याँकिएको उनले जनाए।

‘अरूतिर सहजै बम भेटिएपनि बूढीखोलामा राखेको बम सजिलै फेला पार्न सकिदैँन’ भनेर यसअघि प्रहरीलाई म्यासेज आएको थियो। बिहान ४ः३६ बजे इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको आधिकारिक मोबाइल नम्बरमा एक नम्बरबाट एकै किसिमका म्यासेज आएको थियो। ‘अब आन्दोलन सुरु भयो’ भन्ने प्रकृतिको म्यासेज रहेको खुलेको छ। एनसिएल सिमबाट आएको उक्त म्यासेजबारे प्रहरीले सुक्ष्म र विभिन्न कोणबाट अनुसन्धान गरिरहेको एसपी तिम्सिनाले बताए।

‘हामी अनुसन्धानकै चरणमा छौँ, सीसी टीभी फुटेज पनि हेरेर अनुसन्धान हुन्छ,’ उनले भने, ‘जसले शंकास्पद वस्तु राखे, उसैले सूचना दिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।’ उक्त सिम कसको नाममा छ र कसले म्यासेज पठाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।

उनका अनुसार तीन ठाउँमा बम रहेको भन्ने सूचना दिएपनि धरानमा भने केही नरहेको पुष्टि भएको छ। दुईवटै इलाका प्रहरीमा एकै समयमा सूचना आएपछि प्रहरीले विशेष सावधानी अपनाएको थियो। पूर्वतर्फ काकँडभिट्टा जाने सवारी साधन मुख्य राजमार्गबाट ‘बाइपास’ गरिएको थियो।

सुनसरी र मोरङका प्रहरी प्रमुखसहित सशस्त्र प्रहरी, नेपाली सेनासहित बाक्लो मात्रामा सुरक्षा परिचालन गरिएको थियो। अहिले उक्त वस्तु डिस्पोज भएपछि अवस्था सामान्य भइसकेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते