२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा कोठाभित्र किशोरीको शव फेला: जबरजस्ती करणीपछि पोल खुल्ने डरले घाँटी थिचेर हत्या

२०८१, १६ पुष मंगलवार १२:५७

काठमाडौँ | काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरी हत्याको आरोपमा पक्राउ परेका २४ वर्षीय विश्वास तामाङ १० दिनदेखि प्रहरी वृत्त थानकोटको हिरासतमा छन् ।

चन्द्रागिरि नगरपालिका–१० सतुंगल खरिबोट निवासी सरिताको हत्या प्रकरणमा प्रहरीसँगको बयानमा विश्वासले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। उनीहरू नाताले दाजु–बहिनी हुन्। अनुसन्धानमा विश्वासले सरिताको कोठामा बलात्कार गरेको र पोल खुल्ने डरले घाँटी थिचेर हत्या गरेको खुलासा भएको हो ।

विश्वासलाई पक्राउ गरेपछि अनुसन्धान गर्ने क्रममा उनले बहिनी नाता पर्ने सरितालाई ‘न्युड’ फोटाहरू पठाउने गरेको समेत भेटिएको छ । सरिताले विश्वासलाई गाली गरे पनि उनले एकोहोरो म्यासेन्जरमा ‘न्युड’ फोटा, भिडियोहरू पठाउने गरेको भेटिएको एक अनुसन्धान अघिकृतले बताए । २८ मंसिरको साँझ ६ बजेतिर विश्वास सरिताको कोठामा पुगेका थिए ।

त्यतिबेला सरिताले विश्वासको मोबाइलको हटस्पट शेयर गर्न भनिन् । विश्वासले पनि सरितालाई हटस्पट शेयर गरिदिएका थिए । त्यसपछि ‘न्युड’ भिडियोहरू देखाएर उनले सरितामाथि बलात्कार गरेको खुलेको छ । प्रतिकार गर्दा सरिताले विश्वासको हात समेत टोकिदिएकी थिइन् । विश्वासलाई पक्राउ गर्दा समेत उनको हातमा खत देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

आफूमाथि जबरजस्ती गरेपछि उक्त कुरा बाहिर ल्याउने सरिताले बताएपछि उनको हत्या गरेको विश्वासले प्रहरी समक्ष बताएका छन् । सरिताको घाँटी थिचेर हत्या भएको थियो । त्यसपछि उनको शव लो–बेडमुनि लुकाएर विश्वास सरिताको कोठाबाट बाहिरिएका थिए ।

यता घटनाको भोलिपल्ट २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव फेला पारेको थियो ।

हत्यापछि ढोका बाहिरको जुत्ताभित्र चाबी राखेर विश्वास बाहिरिएका थिए । बहिनी खोज्दै पुगेका नवीनले उक्त चाबी भेटेपछि ढोका खोलेर हेर्दासमेत कोठा ठिक–ठाक अवस्थामा थियो । उनले त्यतिबेला त्यहाँ केही पनि देखेनन् ।

चाबी फेरि सोही जुत्तामा राखेर बाहिरिएका नवीन फेरि ३ पुसमा उक्त कोठामा पुगेर पुनः ढोका खोलेर हेरेका थिए । त्यतिबेला भने गन्ध आएपछि लो–बेड निकालेर हेर्दा सरिताको शव भेटिएको थियो । त्यसपछि नवीनले प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा सरिताको मोबाइल विश्वासको कोठामा फेला पारेको थियो। विभिन्न प्राविधिक प्रमाणका आधारमा विश्वासलाई तीन घण्टाभित्र पक्राउ गरिएको थियो।

हत्या आरोपी विश्वास धादिङको गजुरी–३ निवासी हुन् र हाल काठमाडौँ–१४ खड्कागाउँमा बस्दै आएका थिए। उनी विवाहित भए पनि उनकी श्रीमती विदेशमा रहेको पाइएको छ। ज्यामी काम गर्ने विश्वासले सरिता एक्लै भएको मौकामा बलात्कारपछि हत्या गरेको खुलेको हो।

मृतक सरिता चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईं तलाको कोठामा बस्दै आएकी थिइन्। उनी विष्णुदेवी शिक्षा सदन मावि, नैकापमा कक्षा १० मा अध्ययनरत थिइन्।

यो पनि:

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि