२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा कोठाभित्र किशोरीको शव फेला: जबरजस्ती करणीपछि पोल खुल्ने डरले घाँटी थिचेर हत्या

१६ पुष २०८१, मंगलवार १२:५७

काठमाडौँ | काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरी हत्याको आरोपमा पक्राउ परेका २४ वर्षीय विश्वास तामाङ १० दिनदेखि प्रहरी वृत्त थानकोटको हिरासतमा छन् ।

चन्द्रागिरि नगरपालिका–१० सतुंगल खरिबोट निवासी सरिताको हत्या प्रकरणमा प्रहरीसँगको बयानमा विश्वासले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। उनीहरू नाताले दाजु–बहिनी हुन्। अनुसन्धानमा विश्वासले सरिताको कोठामा बलात्कार गरेको र पोल खुल्ने डरले घाँटी थिचेर हत्या गरेको खुलासा भएको हो ।

विश्वासलाई पक्राउ गरेपछि अनुसन्धान गर्ने क्रममा उनले बहिनी नाता पर्ने सरितालाई ‘न्युड’ फोटाहरू पठाउने गरेको समेत भेटिएको छ । सरिताले विश्वासलाई गाली गरे पनि उनले एकोहोरो म्यासेन्जरमा ‘न्युड’ फोटा, भिडियोहरू पठाउने गरेको भेटिएको एक अनुसन्धान अघिकृतले बताए । २८ मंसिरको साँझ ६ बजेतिर विश्वास सरिताको कोठामा पुगेका थिए ।

त्यतिबेला सरिताले विश्वासको मोबाइलको हटस्पट शेयर गर्न भनिन् । विश्वासले पनि सरितालाई हटस्पट शेयर गरिदिएका थिए । त्यसपछि ‘न्युड’ भिडियोहरू देखाएर उनले सरितामाथि बलात्कार गरेको खुलेको छ । प्रतिकार गर्दा सरिताले विश्वासको हात समेत टोकिदिएकी थिइन् । विश्वासलाई पक्राउ गर्दा समेत उनको हातमा खत देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

आफूमाथि जबरजस्ती गरेपछि उक्त कुरा बाहिर ल्याउने सरिताले बताएपछि उनको हत्या गरेको विश्वासले प्रहरी समक्ष बताएका छन् । सरिताको घाँटी थिचेर हत्या भएको थियो । त्यसपछि उनको शव लो–बेडमुनि लुकाएर विश्वास सरिताको कोठाबाट बाहिरिएका थिए ।

यता घटनाको भोलिपल्ट २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव फेला पारेको थियो ।

हत्यापछि ढोका बाहिरको जुत्ताभित्र चाबी राखेर विश्वास बाहिरिएका थिए । बहिनी खोज्दै पुगेका नवीनले उक्त चाबी भेटेपछि ढोका खोलेर हेर्दासमेत कोठा ठिक–ठाक अवस्थामा थियो । उनले त्यतिबेला त्यहाँ केही पनि देखेनन् ।

चाबी फेरि सोही जुत्तामा राखेर बाहिरिएका नवीन फेरि ३ पुसमा उक्त कोठामा पुगेर पुनः ढोका खोलेर हेरेका थिए । त्यतिबेला भने गन्ध आएपछि लो–बेड निकालेर हेर्दा सरिताको शव भेटिएको थियो । त्यसपछि नवीनले प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा सरिताको मोबाइल विश्वासको कोठामा फेला पारेको थियो। विभिन्न प्राविधिक प्रमाणका आधारमा विश्वासलाई तीन घण्टाभित्र पक्राउ गरिएको थियो।

हत्या आरोपी विश्वास धादिङको गजुरी–३ निवासी हुन् र हाल काठमाडौँ–१४ खड्कागाउँमा बस्दै आएका थिए। उनी विवाहित भए पनि उनकी श्रीमती विदेशमा रहेको पाइएको छ। ज्यामी काम गर्ने विश्वासले सरिता एक्लै भएको मौकामा बलात्कारपछि हत्या गरेको खुलेको हो।

मृतक सरिता चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईं तलाको कोठामा बस्दै आएकी थिइन्। उनी विष्णुदेवी शिक्षा सदन मावि, नैकापमा कक्षा १० मा अध्ययनरत थिइन्।

यो पनि:

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता