असार २८, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकको चारकिलो भन्ने स्थानमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकको चारकिलो भन्ने स्थानमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिक"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुग्लिन सडकको चारकिलोमा सुक्खा पहिरो खस्यो

२०७४, २८ असार बुधबार १२:५१


असार २८, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकको चारकिलो भन्ने स्थानमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै रहेको चारकिलोमा आज अपराह्न ३ बजेर २५ मिनेटको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिरो खस्नेक्रम चलिरहेकाले पन्छाउन समस्या परेको छ । पहिरोका कारण अहिले नारायणगढबाट जाने तथा मुग्लिनतर्फबाट आउने सवारी बीचमै रोकिएका छन् । पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

यही असार २५ गतेदेखि यहाँ रातिमा सवारी बन्द गरेर दिउँसो गाडी चलाउने गरिएको छ । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले विभिन्न क्षेत्रको भित्तो काटिएका स्थानबाट सुक्खा पहिरो खस्नेक्रम जारी छ । जोखिम बढेपछि यहाँका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह