२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ईपीएस मार्फत कोरिया रोजगारमा जाने हवाई भाडा शुल्क घट्यो, अब ४८ हजार ६ सय

१७ पुष २०८१, बुधबार १८:५८

काठमाडौँ । ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया रोजगारमा जाने नेपाली कामदारहरुले तिर्ने हवाई भाडा तोकिएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।

बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।

यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको थियो ।

त्यसपछि सरकारले हवाई भाडा दर सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा सहभागी युनिभर्सल टुर्सले सबैभन्दा सस्तो दर प्रस्ताव गरेपछि छनोट भएको हो ।

शाखाका अनुसार ईपीएस मार्फत काम गर्न नेपालबाट कोरिया जानेका लागि ३ माघ २०८१ देखि एक वर्षका लागि युनिभर्सल टुर्सले उक्त दरमा एकतर्फी हवाई टिकट उपलब्ध गराउने छ ।
यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै पटक-पटक अपमानित हुनुपरेको भन्दै कैलालीमा ४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले चरेससहित दुईजना महिला पक्राउ पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाडौँमा अर्काे मुद्दा दायर एलिट कप: मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट