Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

२०७४, २८ असार बुधबार १४:३०

स्मृती घर्ती मगर/असार २८, प्यूठान । असार १४ गते सम्पन्न भएको स्थानिय तह निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम तथा व्दण्ड रूपान्त्रणमा स्थानिय शान्ती समिती, परिवर्तित सन्दर्भमा स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज उध्योग वाणिज्य संघको सभाहल खलंगामा सम्पन्न भएको छ ।

स्थानिय शान्ती समिती प्यूठानका अध्यक्ष सुरेसचन्द्र थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेल रहनु भएको थियो भने विशेष अतिथि स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्याल रहनु भएको थियो।

प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले व्यानर पढेर कार्यक्रमको उत्घाटन गर्नु भएको थियो। राष्त्रिय गान संगै आैपचारिकतामा परिणत भएको कार्यक्रममा १ मिनेट ज्ञात अज्ञात शहिदको सम्झनामा माैन धारण गरिएको थियो।

स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथी प्रकास पार्दै स्थानिय शान्ती समिती प्यूठानका पूर्व संयोजक पार्वता आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई वधाइका साथै सफल कार्यकालको शुभकामना दिनु भएको छ। नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्नो गाउ÷नगर पालिकालाइ नमुनाको रूपमा अघि वढाउन आग्रह समेट गर्नु भएको छ।

कार्यक्रमका अध्यक्ष सुरेसचन्द्र थापा र प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले खादा र अविर लगाई नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्नु भएको थियो। नेपाल बार एशोसिशनका अध्यक्ष तथा स्थानिय शान्ती समिती प्यूठानका कार्य सचिव डा शिवराज पण्डितले कार्यपत्र प्रस्तुत गर्दै अझै पनी व्दण्ड अन्त्य नभएको र शान्ती स्थापनाका लागी सवै एक भई न्यायोचित ढङ््गवाट अघि वड्नु पर्ने वताउनु भएको छ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी÷प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले व्दण्डको अन्त्य गरी आफ्नो गाउ÷नगर पालिकामा शान्ती स्थापना गर्नका लागी आ÷आफ्नो स्थानवाट यो विषयलाइ उठान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ। कार्यक्रमको समापन गर्दै स्थानिय शान्ती समिती प्यूठानका अध्यक्ष सुरेसचन्द्र थापाले नेपाल सरकारले स्थानिय शान्ती समिती विघटन गरे पनी यसको संजाल गाउ÷नगर पालिकामा स्थापना गर्न पहल गर्नु पर्ने वताउनु भएकोछ।

प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती, उपमेयर शान्ता आचार्य, स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र वहादुर रोकाय, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, गोरख बक्स गणका प्रमुख तथा प्रतिनिधी, पत्रकार वुध्दीजिवी लगायतको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रमको संचालन स्थानिय शान्ति समिती प्यूठानका सचिव कमल थपलियाले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै