८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

२८ असार २०७४, बुधबार १४:३०

स्मृती घर्ती मगर/असार २८, प्यूठान । असार १४ गते सम्पन्न भएको स्थानिय तह निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम तथा व्दण्ड रूपान्त्रणमा स्थानिय शान्ती समिती, परिवर्तित सन्दर्भमा स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज उध्योग वाणिज्य संघको सभाहल खलंगामा सम्पन्न भएको छ ।

स्थानिय शान्ती समिती प्यूठानका अध्यक्ष सुरेसचन्द्र थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेल रहनु भएको थियो भने विशेष अतिथि स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्याल रहनु भएको थियो।

प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले व्यानर पढेर कार्यक्रमको उत्घाटन गर्नु भएको थियो। राष्त्रिय गान संगै आैपचारिकतामा परिणत भएको कार्यक्रममा १ मिनेट ज्ञात अज्ञात शहिदको सम्झनामा माैन धारण गरिएको थियो।

स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथी प्रकास पार्दै स्थानिय शान्ती समिती प्यूठानका पूर्व संयोजक पार्वता आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई वधाइका साथै सफल कार्यकालको शुभकामना दिनु भएको छ। नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्नो गाउ÷नगर पालिकालाइ नमुनाको रूपमा अघि वढाउन आग्रह समेट गर्नु भएको छ।

कार्यक्रमका अध्यक्ष सुरेसचन्द्र थापा र प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले खादा र अविर लगाई नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्नु भएको थियो। नेपाल बार एशोसिशनका अध्यक्ष तथा स्थानिय शान्ती समिती प्यूठानका कार्य सचिव डा शिवराज पण्डितले कार्यपत्र प्रस्तुत गर्दै अझै पनी व्दण्ड अन्त्य नभएको र शान्ती स्थापनाका लागी सवै एक भई न्यायोचित ढङ््गवाट अघि वड्नु पर्ने वताउनु भएको छ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी÷प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले व्दण्डको अन्त्य गरी आफ्नो गाउ÷नगर पालिकामा शान्ती स्थापना गर्नका लागी आ÷आफ्नो स्थानवाट यो विषयलाइ उठान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ। कार्यक्रमको समापन गर्दै स्थानिय शान्ती समिती प्यूठानका अध्यक्ष सुरेसचन्द्र थापाले नेपाल सरकारले स्थानिय शान्ती समिती विघटन गरे पनी यसको संजाल गाउ÷नगर पालिकामा स्थापना गर्न पहल गर्नु पर्ने वताउनु भएकोछ।

प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती, उपमेयर शान्ता आचार्य, स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र वहादुर रोकाय, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, गोरख बक्स गणका प्रमुख तथा प्रतिनिधी, पत्रकार वुध्दीजिवी लगायतको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रमको संचालन स्थानिय शान्ति समिती प्यूठानका सचिव कमल थपलियाले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए