2026-09-06 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी

एजेन्सी | कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो।

भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको टाइम्स अफ इन्डियमा उल्लेख छ।

चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (CDC) का अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु हो। HMPV बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड-१९ को केसहरू पनि रिपोर्ट गरिएको छ। जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ।

यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ। दाबीका अनुसार अस्पताल र श्मशान स्थलमा भीड बढ्दै गएको छ। तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन। द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ।

खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ।

HMPV भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो। एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए। तर, यो भाइरस विगत ६ दशकदेखि रहेको बताइन्छ।

यो भाइरस सबै प्रकारका मौसमी वातावरणमा पाइन्छ तर जाडोमा यसको फैलने जोखिम सबैभन्दा बढी हुन्छ।

कोभिड-१९ को पहिलो केस सन् २०१९ मा चीनको वुहान सहरमा भेटिएको थियो। त्यसपछि यो रहस्यमय निमोनिया हो भन्ने सोचिएको थियो। यो सार्स-कोव-२ भाइरस (कोरोना भायरस) बाट फैलिएको थियो। त्यसपछि यो भाइरस विश्वमा तीव्र रूपमा फैलियो र २०२० को जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।

विश्वभर कोभिडका ७० करोडभन्दा बढी केसहरू रेकर्ड भएका छन्। यसबाहेक ७० लाखभन्दा बढीको मृत्यु पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ