Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चरेससहित दुईजना महिला पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रुकुमपूर्व | रुकुम पूर्वबाट झन्डै ६ किलो चरेससहित दुईजना महिला पक्राउ परेका छन्। भूमे गाउँपालिका-७ गुनामबाट ४० वर्षीया रुजु बुढामगर र ५० वर्षीया जसमाया बुढामगर पक्राउ परेका हुन्।

उनीहरूलाई रूकुम पूर्वबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वमा ल्याई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव राज खरेलले बताए।

डीएसपी खरेका अनुसार उनीहरूको साथबाट झन्डै ६ किलो चरेस बरामद भएको छ भने अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।