काठमाडौँ | काठमाडौँको त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गाडीमा आगलागी भएको हो । ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो ।
गाडीमा लागेको आगोले आसपासका बिजुलीका तार पनि जलेको छ । बसमा आगो लागेपछि त्रिपुरेश्वरबाट कालिमाटीतर्फ जाने सडकमा सवारी आवतजावत रोकिएको छ । आगलागीको कारण भने खुलिसकेको छैन ।